सबै समस्याको समाधान शिक्षा होः सापकोटा
लोकप्रिय समाचार
संघीय प्रतिनिधि सभा सदस्य एवम् पुर्व मन्त्री माननीय अग्नी प्रसाद सापकोटाले सबै खाले समस्याको समाधान गर्न शिक्षाको आवश्यकता पर्ने बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै विशेष अतिथी प्रदेश सभा सदस्य सरेश नेपालले वर्तमान सरकारले शिक्षा नितीलाई स्थानीय तहसम्म लगेर स्थानीय तहमा गुणस्तरिय शिक्षा सिकाइका लागी विशेष प्रोत्साहन दिइरहेको बताउनु भयो । उँहाले सामुदायिक विद्यालयमा लामो समय देखी थोरै तलबमा काम गरिरहेका शिक्षकलाई पनि श्रम ऐन अनुसार परिश्रमिक लिन सरकारले निती ल्याएको बताउनु भयो ।
उँहाले हरेक विद्यालयमा दिवा खाजाको लागी स्थानीय स्तरमा नै उत्पादन भएका खाद्यान्न प्रयोग गरेर स्थानीय श्रोत र साधनको परिचालन गर्न पर्ने बताउनु भयो। अर्का विशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिं तामाङले चौतारा साँँगाचोकगढी नगरपालिकाले गुणस्तरिय शिक्षाका लागी कुनेै पनि कसुर बाँकी नराखेको बताउँदै शिक्षकहरुलाई परेको समस्याका बारेमा आफुले समस्या समाधानका लागी हरेक काम गरेको बताउनु भयो ।
उँहाले चार चार महिनामा दिने तलबलाई अरु कर्मचारी सरह हरेक महिनामा पाउने व्यवस्था गरेको बताउँदै आफुले पढाएका विद्यार्थीहरु सकेसम्म माथिल्लो स्तरमा पुगोस् भन्ने चाहनाका साथ गुणस्तरिय शिक्षाको व्यवस्था गर्न अनुरोध गर्नु भयो ।