भारतले निकालेको नक्सा बिरुद्ध सबै एक जुट हुन पर्ने


लोकप्रिय समाचार भारत सरकारले नेपाली भुमिको जमिनलाई आफ्नो नक्सामा राखेर भारतको नक्सा सार्बजनिक गरे पछि हरेक नेपालिहरुको स्वर भारत बिरोधि भएको छ । भारतले नेपाललाई जहिले पनि आफ्नो नियन्त्रणमा राख्न खोजेको छ । हुन पनि अरुको समस्या भन्दा आफ्नो आबश्यकता देख्ने र आफ्नै आबश्यकता मात्र सर्वाेपरि ठानेर स्वार्थ मात्र पूरा गर्ने तर्फ ठुलाबढनहरु लागि रहेको हामिले पाएका छौ । र  देखेका  अनी भोगेका पनी  छौ ।  मित्र राष्ट्र्को रुपमा रहेको चिन, भारत मित्र राष्ट्र्र मात्र नभएर नेपालको दुई छिमेकि देश भएका कारण पनि नेपाललाइ दुबै देसले माया गरेर एक अर्काको जमिनमाथी आखा लगाउनु हुदैन । नेपालमा हुने हरेक राजनिति चलखेलमा भारतको पुर्ण हात रहन्छ भनिने गरिएको छ । देसलाइ शान्ती क्षेत्र घोषणा गर्न र नेपाल लाइ स्वतन्त्रता राख्नका लागि भारतले पहिले देखि चाहेको छैन । हामी नेपालका शासक , किसान , नागिरकहरु अघोषितरुपमा नै भारत को भरमा जिबिका चलाउन बाध्य भएको जस्तो देखिन्छ । नेपालमा भएको हरेक आन्दोलन अनि सरकार परिबर्तनमा भारतको पहिलो चासो हुने गरेको देिखन्छ । किसानहरुलाई चाहिने मल बीउ औषधी मा समेत भारतिय को भर पर्न पर्ने भएको कारण पनि भारतले नेपाल माथि थिचो मिचो गर्दै आईरहेको भन्न सकिने अबस्था रहेको छ  । बर्तमान सरकारले देखाएको चिन प्रति आस्था अनि भारतको एकतन्त्री थिचो मिचोलमई बिस्तारै पन्छाउदै नेपालिहरुको स्वतन्त्रताका लागि काम गरेको कारणले पनि भारत नेपाल देखि रुष्ट भएको हुन सक्छ । यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएर यसको बिषयमा छलफल अगाडी बढाउँनु भएको छ । उँहाले  बोलाउँनु  भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियताको पक्षको बलियो अडान लिनु भएको बैठकमा सहभागीहरुले बताएका छन ।  उँहाले महाकाली नदी पूर्वका सबै भूभाग फिर्ता लिन सरकाले पहल गर्नूपर्ने त्यसमा नेपाली काँग्रेसको हरफ सहयोग रहने बताउँनु  भएको सहभागीहरुले  बताएका छन् ।सभापति देउवाले बैठकमा ‘भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भुमी नेपालको हो । कालापानी पश्चिमको नदि महाकाली नदि हो। महाकाली नदी पुर्वका हाम्रा सबै भुभाग फिर्ता लिन सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नु पर्छ  बैठकमा आफ्ना धाराणा राख्नाु भएको बताइएको छ । भारतसँगको सीमा विवाद राजनीतिक तहबाटै समाधान गर्न नेताह?ले प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएको समेत सहभागीले बताएका छन ।  भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग समेटिएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको सबैदलीय बैठकमा सहभागी भएका नेताले यस्तो सुझाव दिनु भएको हो । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले परराष्ट्र सचिवको बैठकको अर्थ नभएको भन्दै प्रधानमन्त्रीलाई सिधै भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्न सुझाव दिनु भएको थियो भने सीमा विवादको विषयमा भारतीय राजदूतको धारणा बुझ्नुपर्ने सुझाव राप्रपा (संयुक्त) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले दिनु भएको थियो ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भूमि रक्षाका लागि प्रतिवद्ध हुनुपर्नेमा जोड दिनु भयो ।

, , ,