नदीजन्य पदार्थमा भ्याट प्रयोग गर्नुपर्ने

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला अनुगमन तथा समन्वय समिती र जिल्ला भित्रका ठेकदार (नदिजन्य पदार्थ)हरुको विस्तारित बैठक बसेको छ । जिल्ला समन्वय समितीका प्रमुख श्री कृष्ण गोपाल तामाङको अध्यक्षतामा बसेको बैठकले  जिल्लामा (नदिजन्य पदार्थ) बिक्री वितरण गर्न सञ्चालनमा रहेका ठेक्का प्राप्त (नदिजन्य पदार्थ ) ठेकेदार हरुको र क्रसर सञ्चालकहरुको भ्याट बिल नमुना प्राप्त भए अनुसारका बिलहरु लाई मात्र आधार मानी निकासीलाई सहज पुर्याउने निर्णय गरेको छ ।

यसले भ्याट तथा कर छलीमा देखिएका समस्य लाई न्यूनीकरण गर्ने र पानी चुहाउदै बालुवा बोकेका ट्रीफरहरुलाइ निर्मुल पारी सडकको गुणस्तरमा कमि आउन नदिन कडाइका साथ चेकजाँच गर्ने भ्याटमा दर्ता भएका कर बिजक बिल बाहेक का बिल प्रयोग नगर्ने लगायतका निर्णयहरु भएको कृष्ण ढकालले जानकारी दिनु भएको छ । जिल्ला समन्वय समिती सिन्धुपाल्चोक चौतारामा मङ्गलबार बसेको सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो ।

,