सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ११ पुरानो बजार स्थित होटल रोज एण्ड रेष्टुरेन्टबाट प्रहरीले नगद सहित जुवा खेल्ने ब्यक्तीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक सुचना अधिकारी माधव प्रसाद काफ्लेका अनुसार पैसा हारजित हुने जुवातास खेलिरहेका छन भन्ने बिशेष सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय, मेलम्ची सिन्धुपाल्चोकबाट प्रहरी अधिकृत समेतको टोली उक्त स्थानमा खटी गई मिति २०७६कार्तीक १७ गते ५ बजे जुवातास खेलिरहेका ब्यक्तीहरुलाइ पक्राउ गरीएको हो । उँहाका अनुसार मेलम्ची न.पा.वडा न. ११ बस्ने योङ लामा . राजु मगर ,
को जित बहादुर तामाङ ,वडा नं. १० को गणेश बहादुर तामाङ वडा नं. ०९ को बिजय स्याङबो ,सोम थिङ राम कुमार गिरीबिकाश तामाङ (क) बिकाश तामाङ (ख) राज कुमार तामाङ ,सुरेश तामाङ लाई नियन्त्रणमा लिई पक्राउ गरी उक्त खालबाट रु. ५६,१२० ( छपन्न हजार एक सय बिस ) नगद नेपाली रुपैँया, ६ बुक तास र मदिराजन्य पदार्थ समेत बरामद गरेको छ ।
जुवातास खेल्ने मानिसहरु रु ५६,१२०सहित पक्राउ
[email protected] Powered by Blogger.
