काभ्रेको भुँम्लुगाउँपालीका साक्षार घोषणा
कर्मलामा ,
काभ्रे पलाञ्चोक जिल्लाको भुम्लु गाउँ पालिका साक्षर गाउँ पालिका घोषणा भएको छ । भुम्लुको शान , पूर्ण साक्षर गाउँ हाम्रो पहिचान भन्ने मुल नाराको साथ शुक्रबार प्रदेश न ३ का माननीय सांसद लक्ष्मण लम्सालले भुम्लु गाउँ पालिका साक्षर गाउँपालिका घोषणा गर्नु भएको हो ।
साक्षर गाँउपालीका घोषणा गर्दै साँसद लम्सालले आफैले अध्यापन गराउने बिध्यलायामा शिक्षक कै छोरा छोरी पढाउने विश्वास को बतारवारण नबनेकोमा दुख ब्यक्त गर्दै अब सामुदायक बिद्यालयका शिक्षकहरुले आआफ्ना छोराछोरी लाइ सामुदायब किद्यालयमा अनीबार्य रुपमा पढाउँन पर्ने बताउँनु भयो ।
प्रशासकीय अधिकृत मदन कुमार बजगाईंले पालीकाको शिक्षाको स्थिति बिगत मा कस्तो थियो र तथ्याङ्क के थियो भन्ने बिषय मा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिबेदनमा आ. बा. २०७३र७४ सम्म शिक्षा बिकास तथा समन्वय ईकाई साबिक जिल्ला शिक्षा कार्यालय काभ्रेपलान्चोक को समन्वयमा सामुदायिक सिकाइ केन्द्र र गाउँ पालिका वडा मार्फत संचालित साक्षरता कक्षा बाट भुम्लु गाउँ पालिका को कुल जनसंख्या १८,६६२ (जनगणना २०६८ अनुसार ) मध्ये १७,७३९ जना साक्षर भै साक्षर जनसंख्या ९५।०५ प्रतिशत भएको ले प्रचलित नियम बमोजिम भुम्लु गाउँ पालिका शिक्षा समितिको मिति २०७६ मङ्सिर ०२ गतेको सिफारिस र भुम्लु गाउँ पालिका कार्यालयको मिति २०७६मङ्सिर ०३ को निर्णय अनुसार भुम्लु गाउँ पालिका लाई साक्षर गाउँ पालिका घोषणा गर्न लागिएको प्रस्तुत गर्नु भयो । ,
गाउँपालिका शिक्षा साखाका प्रमुख नारायण ले संचालन गर्नु भएको उक्त कार्यक्रम मा बिशेष अतिथिका रुपमा जिल्ला समन्बय समितिका प्रमुख एबम काभ्रे जिल्ला शिक्षा समितिका अध्यक्ष उद्दब के सी , जिल्ला समन्बय समितिका सदस्य प्रेम लामा , जिल्ला समन्बय समितिका काभ्रेका समन्वय अधिकारि ससुत उप्रेती , भू. गा .पा. का उपाधक्ष्य कल्पना श्रेष्ठ , शिक्षा बिकास तथा समन्बये एकाइका प्रतिनिधि सुरेन्द्र भाट्ट , पालीकाका लेखा अधिकृत पुष्प राज बजगाईं ,सामाजिक बिकाश समितिका संयोजक रमेश खरेल ,पालीका भित्रका सबै वडा अधक्ष्य कानुनि सल्लाहाकार प्राण नाथ न्यौपाने को उपस्थिति रहेको थियो।
कार्यक्रमका सभा अधक्ष्य एबम गाउँ पालिका प्रमुख गुमान ध्वज कुँवर ले आगामी दिनमा शिक्षा को नीति र शिक्षक को फेरबदल मा कडाई का साथ् परिवर्तन हुने बताउनु भयो , कतिपय बिद्यालयमा बिधार्थी संख्या कम रहेको तर पनि कुनै उजुरी नपर्ने र शिक्षक हरु बिद्या लय समयमा बिधालयमा नहुने जस्ता कुराले गाउँ पालिकाको ध्यान आकर्षण भएको बताउन भयो ।,
अब देखि प्रतेक ६÷६ महिनामा शिक्षक मात्र होइन प्रधान अध्यापक समेत गाउँ पालिका भित्रका कुनै पनि विधालय मा पोस्टिङ्ग हुन सक्ने समेत सो अबशरमा बताउनु भयो ।