ईन्द्रावति ८ मा शान्तिपूर्ण रूपमा मतदान, ८३।६९ प्रतिशत मत खस्यो
लक्ष्मण विष्ट
सिन्धुपाल्चोकको एकमात्र उपनिर्वाचन भएको ईन्द्रावति गाउँपालिका ८ मा शान्तिपूर्ण रूपमा मतदाताले भोट खसालेमा छन् । ५ बजेसम्म मतदान केन्द्र ूकू र ूखू चन्द्रावती आधारभुत बिधालय मा जम्मा भोटर एक हजार चार सय चार रहेकोमा महिला पाँच सय ५७ र पुरुष छ सय २०गरि जम्मा १ हजार एक सय ७७ भोट खसेको बताईएको छ ।

कूल मतदातामध्ये ८३। ६९ प्रतिशत मत मात्रै खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।मतदान केन्द्रबाट मत गणना केन्द्र तर्फ मतपेटिका लगिएको छ । गाउँपालिकाको कार्यालय नवलपुरमा मतगणना गरिनेछ । उपनिर्वाचनमा नेपाली काँग्रेसका राले तामाङ असोक, नेकपाका केदारनाथ आचार्य, राप्रपा सँयुक्तवाट ढकबहादुर श्रेष्ठ र राप्रपाका रनबहादुर श्रेष्ठविच प्रतिष्पर्धा भएको छ । यसअघि काँग्रेसले जितेको वडा नम्बर ८ का तत्कालीन वडाअध्यक्ष धनवहादुर श्रेष्ठको निधन भएपछि उपनिर्वाचन भएको हो । पहिलो स्थानिय तहको चुनावमा एक हजार १६ मत खसेको थियो भने ९ सय ४४ मत मात्रै सदर भएको थियो । तर पछिल्लो समय १ सय ८३ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तत्कालीन निर्वाचनमा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवार केदारनाथ आचार्य धनबहादुर श्रेष्ठ सँग ९ मतको फरकमा निर्वाचन हार्नुभयो । वडाअध्यक्ष विजयी श्रेष्ठले ३६४ र पराजित आचार्यले ३५५ मत ल्याउनुभएको थियो । तत्कालीन एमालेले २२९ र राप्रपा उम्मेदवारले ४ मत मात्रै पाउनुभएको थियो ।