दुर्घटनामा परेकालाई त्रिपुरासुन्दरीको राहत


लोकप्रिय समाचार
दोलखाको मागा देउरालीबाट काठमाण्डौ जाँदै गरेको बा २ ख ७२४५ नं को बस सिन्धुपाल्चोक जिल्ला सुकुटेमा दुर्घटनामा परी मृत्यु भएका परिवारलाई त्रिपुरासुन्दरी गाउँपालिकाले आर्थिक सहायता प्रदान गर्ने भएको छ । कात्र्तिक १७ गते सुनकोशी नदीमा बस खसेर भएको  दुर्घटनामा त्रिपुरासुन्दरी गाउँपालिका भित्रका मृतक परिवारलाई तत्काल राहत स्वरुप किरिया खर्चका लागि  गाउँपालिकाले जनही २० हजार उपलब्ध गराउने  निर्णय भएको गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले मृतकका परिवारमा समवेदना प्रकट गर्दै गाउँपालिकाको तर्फबाट किरिया खर्चका लागि रकम सहयोग गरिएको जानकारी दिनुभयो।सुकुटेमा भएको बस दुर्घटनामा  परी ज्यान गुमाउने १८ मध्य त्रिपुरासुन्दरी गाउँपालिकाको २ जना रहेका थिए । त्रिपुरासुन्दरी गाउँपालिका ४की ६ वर्षीया साया रानी श्रेष्ठ र चमेली श्रेष्ठको उक्त दुर्घटनामा परी ज्यान गएको थियो। साथै त्रिपुरासुन्दरी गाउँ कार्यपालिका बैठकले मृतक प्रति श्रद्धान्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।


,