आर्गनिक खेती सम्बन्धी प्रशिक्षण


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाँउपालिका वडा नं १० लार्इ अर्गानकि खेती वडा बनाउने अभियान शुरु भएको छ । विषादी मुक्त खाद्यान्न उत्पादन गरेर स्थानीय पहिचानका साथै वडाका हरेक नागरिकलाई रासायनिक मल र विषादी  प्रयोग नगरी गाँउमा नै निर्माण गरिएको प्राङ्गारिक मल र अर्गानिक औषधीहरुको प्रयोग गरेर खेती गर्न प्ररेण ा दिने उद्धेश्यले २ दिने प्रशिक्षण कार्यक्रमको सोत शुरुवात गरिएको छ ।

वडा नं १० को विशेष व्यवस्थापनमा जापानीज संस्थाका प्रतिनिधी नोरिको र हिरोको को सहजीकरणमा कृषि ज्ञान केन्द्र गुल्मीको  बाली विज्ञान अधिकृत कबीता सुबेदी, जेफ्स (वबाक) को रेजिमा थापा मगरले प्रशिक्षण दिनु भएको बुढी चौर कृषि सहकारी सस्ंथाका अध्यक्ष प्रेम प्रसाद  आचार्यले  जानकारी दिनु भयो । उँहाका अनुसार प्रशिक्षण कार्यक्रममा अर्गानिक खेती गर्ने तरिका प्राङ्गारिक मल बनाउने तरिकाका साथै कम्पोष्ट मल, गोठे मल, गड्यौले मल, हरियो मल, झोल मल बनाउने तरिकाका बारेमा जानकारी गराइएको थियो ।  वडा नं १० लाई कसरी रासयानिक मल विषादी रहित खेती गर्न सकिन्छ भनेर यो प्रशिक्षणको कार्यक्रम गरिएको हो । इन्द्रावती गाँउपालिका वडा नं १०का अध्यक्ष जिवन कुमार थापा मगरले यो प्रशिक्षण पश्चात् अर्गानिक खेती गर्न चाहनेलाई वडाबाट पनि विशेष सहयोग गर्ने बताउनु भयो । प्रशिक्षणमा सहकारी संस्था अन्तर्गत विभिन्न समुहको २० जनाले भाग लिइरहेका समेत आचार्यले बताउनु भयो ।

,