उपचुनाव सम्पन्न ः दुई वडाको मत परिणाम प्राप्त

लोकप्रिय समाचार
शनिबार भएको उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा रोल्पाको थवाङ पालिका वडा नं १ मा भएको निर्वाचनमा १७४ मत प्राप्त गरेर नेकपाका जनक बहादुर बुढा निर्वाचित हुनभएको समाचार प्राप्त भएको छ । १२७४ मतदाता रहेको उक्त वडामा २०९ मत खसेको थियो भने उहाँको प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम बहादुर बुढाले ३६ मत प्राप्त गर्नु भएको थियो भने बाँकी ९ मत बदर भएको थियो । हामीलाई प्राप्त समाचार अनुसार कञ्चनपुरको पुर्नवास नपा वडा नं ३ मा पनि नेपाको उम्मेद्वार कृष्ण बहादुर तामाङ विजय हुनुभएको छ । ११ सय ९९ मतदाता रहेको उक्त वडामा ९२४ मत खसेको थितयो भने नेकपाका उम्मेद्वार तामाङले ५५८ मत ल्याएर विजय हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दि बहादुर तामाङले ३१० मत पाउनु भएको थियो भने समाजवादी पार्टीका भिम तामाङले ७४ मत प्राप्त गर्नु भएको थियो । यसै बिच अन्य मतदान केन्द्रहरुमा भने यो समाचार तयारी गर्दासम्म मतगणनाको परिणाम प्राप्त भएको छैन । हामीलाई प्राप्त समाचार अनुसार शनिबार भएको सिन्धुपाल्चोकको एकमात्र उपनिर्वाचन भएको ईन्द्रावति गाउँपालिका ८ मा शान्तिपूर्ण रूपमा मतदाताले भोट खसालेमा छन् । ५ बजेसम्म  मतदान केन्द्र “क“ र “ख“ चन्द्रावती आधारभुत विद्यालय  मा जम्मा भोटर एक हजार चार सय चार रहेकोमा महिला पाँच  सय ५७ र पुरुष छ सय २० गरि जम्मा १ हजार एक सय ७७ भोट  खसेको बताईएको छ । कूल मतदातामध्ये ८३.६९ प्रतिशत मत मात्रै खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदान केन्द्रबाट मत गणना केन्द्रतर्फ मतपेटिका लगिएको छ । पहिलो स्थानीय तहको चुनावमा एक हजार १६ मत खसेको थियो भने ९ सय ४४ मत मात्रै सदर भएको थियो। तर पछिल्लो समय १ सय ८३ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरि पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा ८२ दशमलव ६१ प्रतिशत मत खसेको छ । कूल दुई हजार ६०२ मतदाता रहेको सो क्षेत्रमा दुई हजार १२८ जनाले मतदान गरेको पर्सा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभयो । एक हजार २११ पुरुष तथा ९१७ महिलाले मतदान गर्नभएको थियो । कास्की क्षेत्र नं २ का लागि ८२ वटा मतदानकेन्द्रमा भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । उपनिर्वाचनमा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्र ११ गरी २१ उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यसैबिच नवलपरासीपूर्व नवलपुरको बौदीकाली गाउँपालिका– ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७२.०९  प्रतिशत मत खसेको छ । वडाध्यक्ष पदको उपनिर्वाचनमा कूल ६१५ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । तीमध्ये पुरुष २५७ र महिला ३५८ जनाले मतदान गरेका छन् । यस वडामा ८५३ मतदाता रहेका थिए । चितवनको तीन वटा वडामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ। ती वडामा ७५.९७ प्रतिशत मत खसेको छ । भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा मतदान भएको हो । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार तीन वटा वडामा कूल मतदाता १३ हजार २८४ रहेकोमा १० हजार ९२ मत खसेको छ । भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१ मतदाता रहेकोमा छ हजार २५० मतदान भएको छ । त्यहाँ ७३ दशमलव ६९ प्रतिशत मत खसेको छ । खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ मतदाता रहेकोमा दुई हजार १७२ मतदान भएको छ । यो कूल मतदानमध्ये ८०.६८ प्रतिशत हो । त्यस्तै खैरहनी–५ मा दुई हजार १११ मतदाता रहेकोमा एक हजार ६७० अर्थात ७९.१० प्रतिशत मतदान भएको छ । ६ वटा मतदानस्थल र १५ वटा केन्द्र रहेका थिए । जिल्लाका तीन वटा वडामा पाँच राजनैतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । पाँचथरको फिदिम वडा नं १ मा भएको मतदानमा ७० प्रतिशत मत खसेको छ । जम्मा ३ हजार छ सय ७६ मतदाता रहेकोमा २ हजार ५ सय ८२ मत खसेको छ ।

, ,