बाडेगाउँमा चार शैयाको स्वास्थ्य केन्द्र सञ्चालनमा


लोकप्रिय समाचार
ईन्द्रावती गाउँपालिकाको वडा नम्वर ११ बाडेगाउँमा चार शैयाको स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । स्वास्थ्य केन्द्रमा डाक्टर र नर्सहरू सहित दन्त उपचार सेवा, स्त्रीरोग सेवा, मातृशिशु कक्ष, अल्ट्रासाउंडको साथै आकस्मिक उपचार सेवा समेत उपलब्ध हुने वडा अध्यक्ष मने माझीले जानकारी दिनुभयो । सहयोगी निकाय जय नेपाल फाउन्डेसनका कार्यकारी अध्यक्ष अल्वेट्रो लुजी, र गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले संयुक्त रुपमा स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभयो । तामाङले स्वास्थ्य केन्द्रको स्थापना बाट ईन्द्रावती गाउँपालिकामा सतप्रतिशत बच्चा स्वास्थ्य चौकीमा जन्माउने र मातृशिशु मृत्युदर सुन्यमा पु¥याउने लक्ष्य प्राप्तिमा सघाउ पु¥याउनुको साथै भिमटार, भोटसिपा वरिपरिका जनताहरूले घर आँगनमै स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने बताउनुभयो ।

, ,