भोलि देखी लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सुरु
लोकप्रिय समाचार
नेपालमा भोली भोली देखी लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सुरु हुने भएको छ । यो अभियानलाई सफल पार्नका लागी महिला संगठनहरु तथा सरोकारवालाहरुले विभिन्न कार्यक्रम गर्न लागीरहेका छन् । यस सन्दर्भमा सिन्धुपाल्चोक जिल्ला चौतारा सागाँचोकगढी नगरपालिका “नगर स्तरीय महिला सञ्जाल“ले पनि विभिन्न कार्यक्रम गर्ने भएको छ ।
नगर महिला सञ्जालले १६ दिने अभियान नगरका १४ वटै वडाका वडा महिला सञ्जालको आयोजनामा विभिन्न कार्यक्रमहरू गर्ने भएको छ । मंसिर २४ गते सम्म संञ्चालन हुने अभियानको समापन २४ गते वडा नं १२ मा हुने भएको छ । वडा नं १२ मा १४ वटै वडाका महिला सञ्जालका तिन तिन जना प्रतिनिधीहरुबाट हाजिरी जवाफ प्रतियोगिता गरेर समापन गरिने नेपालले बताउनु भयो ।