कला र संस्कृती राष्ट्रको सम्पत्ति हो ः मन्त्री दुलाल
लोकप्रिय समाचार
कला, संस्कृति र परम्परा राष्ट्रको सम्पत्ति हो । यसको जगेर्ना गर्न सबै लागी पर्नु पर्छ। गणतान्त्रिक नेपाललले बहु जाती, बहु धर्म र बहु भाषाको संरक्षण गर्दै मौलिकताको विकास हुन पर्छ।
सिन्धु नेवाः खलले आयोजना गरेको धिमेबाजा तथा बासुरी प्रशिक्षार्थीलाई प्रमाण पत्र र भक्तपुर जिल्ला र सिन्धुपाल्चोक जिल्ला जल्विरे लगायतका स्थानहरुबाट आई संस्कृति कला देखाउनु हुनेहरुलाई सम्मान पत्र दिनु हुँदै मन्त्री दुलालले सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा
आएर यस्ता कलाहरु प्रस्तुत गरी संस्कार र संस्कृतिको जगेर्ना गर्न प्रोत्साहान दिनु हुने भक्तपुर बचत तथा क्रृण सहकारी संस्था, लगायतलाई विशेष धन्यबाद दिनु भयो । उँहाले यस्ता मौलिकता भएको संस्कार र संस्कृतीले गर्दा पर्यटकको समेत विकास हुने बताउनु भयो।
पर्यटकको विकाससँगै मानवीय विकासमा पनि यसले ठुलो सहयोग गर्ने बताउँदै यस्ता मौलिक संस्कृतिको सबैले संरक्षण गर्न पर्ने बताउनु भयो।
कार्यक्रममा विशेष अतिथीको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले बहु संस्कृतिको धनी रहेको हाम्रो देश नेपालमा संस्कृति र संस्कारको संरक्षण गरेर मौलिकता झल्काउनु आफँैमा राम्रो भएकाले यसलाई सबैले आआफ्नो परम्परा अनुसार आआफ्ना संस्कारलाई बचाइ राख्न पर्ने बताउनु भयो ।
सिन्धु नेवाः खल सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रमको सभापतित्व नायो माधवलाल कर्माचार्यले गर्नु भएको थियो भने कार्यक्रमको संञ्चालन कमलचरण कक्षपतीले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्य राख्दै हरिगोपाल श्रेष्ठले यसरी कला र सस्कारको विकास गर्नका लागी सबै लागी पर्नु पर्ने बताउनु भयो ।
मौलिक एवंमे ऐतिहासिक धिमे तथा बाँसुरी बाजाको दोश्रो चरणको प्रशिक्षणबाट दिक्षीत भएकाहरुलाई दिक्षीत समारोह कार्यक्रममा तान्त्रिक महाकाली नाच, बाँदर नाच, लाखेनाच लगायतको प्रस्तुती रहेको थियो ।