सिन्धुपाल्चोकको कफि प्रथम स्थानमा

रूपक पुरी
लोकप्रिय समाचार
प्रथम राष्ट्रिय कपिङ्ग प्रतियोगिता २०७६ मा देशभरका कफीलाई पछि  पार्दै सिन्धुपाल्चोकको कफि प्रथम भएको छ। जिल्ला सहकारि सङ्घ सिन्धुपाल्चोकको कफिले ८५.५ अङ्क सहित प्रथम स्थान हासिल गरेको हो । ८५.७५ अङ्क प्राप्त गरेर जिल्ला कफी सहकारी संघ कास्कीले दोस्रो स्थानमै चित्त बुझाएको  छ । गुल्मी ८४ अङ्कसहित तेस्रो भयो भने कास्की जिल्लाको ब्लु माउन्टेन आर्गनिक फार्मले ८३.७५ अङ्क प्राप्त गरि चौथो भएको छ । कफी क्षेत्रमा आवद्ध कफी उत्पादक सहकारी संघहरूको प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले कार्यक्रमको आयोजना गरेको हो। राष्ट्रिय कफी एकेडेमी पोखरा र ललितपुरमा गरि एक हप्तासम्म देशव्यापी रूपमा विभिन्न जिल्ला कफी सहकारी र उत्पादक संघबाट प्राप्त १६ वटा नमुनाको कफी कपिङ्ग गरि त्यसको स्वाद र गुणस्तर परिक्षण गरिएको थियो ।

,