विदेश जाने महिला बढे

रूपक पुरी
लोकप्रिय समाचार
अक्षर नचिनेका र राम्रोसँग नेपाली बोल्न समेत नजान्ने एउटै गाउँका सयभन्दा बढी महिला कामका लागि खाडी मुलुक गएका छन् । गाउँमा आम्दानीको स्रोत नभएको भन्दै तामाङको बाहुल्यता रहेको सिन्धुपाल्चोकको विकट क्षेत्र पाँचपोखरी थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङका महिला रोजगारीका लागि खाडी मुलुक गएका छन् ।

विदेश जाने प्रायः लेवनान गएको लक्ष्मण तामाङ बताउनुहुन्छ ।  तामाङका अनुसार १४ र १५ वर्षका किशोरी पनि पैसा कमाउन खाडी मुलुक गएका छन् । केही त प्राथमिक तहको शिक्षा पूरा गरी विदेश गएको उहाँले बताउनुभयो । स्थानिय रूक्मणि गुरूङका अनुसार महिलाहरू घरको काम गर्ने भन्दै लेबनान, कुवेत, साउदी अरब, बहराइन लगायतका मुलुक जाने गरेका छन् । महिला मात्र होइन वसदेशिने पुरूषको सङ्ख्या पनि बढी छ । गाउँमा आम्दानीको स्रोत नहुँदा र खान पुग्ने गरि उब्जाउ जमिन नहुँदा आफ्ना मानिसले विदेशिनु परेको गाउँलेहरूको दुःखेसो छ ।

,