आरम्भ को लघुउद्यम विकास तथा केन्द्र ब्यवस्थापन तालिम सम्पन्न


लोकप्रिय समाचार , काभ्रे पालान्चोक जिल्ला धुलीखेलमा भएको दुइ दिने तालीम सम्पन्न भएको छ । आरम्भ लघुबित्त बित्तीय सस्.थाले देशको १५ वटा जिल्लाहरुमा २० वटा शाखा कार्यालयहरु मार्फत करिब १७,००० ग्राहक सदस्यहरुलाई सेवा प्रदान गरी रहेको छ । काभ्रेपलाञ्चोक बनेपा–१० मा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड


को आयोजनामा मिति २०७६ मंसिर १ गतेदेखि २ गतेसम्म काभ्रेपलाञ्चोक जिल्ला धूलिखेलमा “लघुउद्यम विकास तथा केन्द्र ब्यवस्थापन तालिम” संम्पन्न गरेको केन्द्रीय कार्यलयका अनुगमन विभागका विभागिय प्रमुख सन्तोष थापाले जानकारी गराउँनु भयो ।
उक्त तालिममा संस्थाका २० वटा शाखा कार्यालयका ३९ जना कर्मचारीहरुको सहभागिता रहेका थिए । उक्त कार्यक्रममा प्रशिक्षकहरु लेखनाथ दाहाल (नापि कार्यालय), पूर्ण बहादुर के.सी. (मालपोत कार्यालय), प्रशान्त उपाध्याय (सेन्च्युरी कमर्शियल बैंक लिमिटेड), पवन कुमार श्रेष्ठ, युवराज पौडेल शर्मा, हरि प्रसाद सापकोटा, सन्तोष थापा, रिपेन्द्र दहाल, दिल बहादुर थापामगर, होम प्रसाद अधिकारी, कमल प्रसाद बरालले रहनु भएको  थियो । सहभागीहरुले धितो मूल्याकन, जग्गाको छनौट, परियोजना छनौट, आय आर्जन, स्वरोजगार र ब्यवसाय बीच भिन्नता, संक्षिप्त ब्यवसायिक योजना, जग्गा रोक्का प्रक्रिया, केन्द्र ब्यवस्थापन सम्बन्धी सम्पूर्ण विषयहरु, जोखिममा रहेको कर्जा नियन्त्रण तथा ब्यवस्थापन आदि बारेमा जानकारी लिएका थिए ।
तालिमको मूल्याकन प्रदेश नं. १ अन्तर्गत शाखा कार्यालय धनकुटाका कर्मचारी रिजन लामिछानेले तालिमबाट धितो कर्जा लगानी वृद्धि गर्नमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।   प्रदेश नं. ३ अन्तर्गत शाखा कार्यालय सुकुटेका संगिता गिरी पाठकले तालिममा सिकेका कुराहरुले आगामी दिनहरुमा काम गर्न सघाउ पुग्ने, यस तालिम आफनो ब्यक्तिगत जीवनका लागि समेत उपयोगी भएको बताउँनु भयो । प्रदेश नं. ४ अन्तर्गत शाखा कार्यालय देवघाटका दिनेश बहादुर शाहीले तालिमको मूल्याकनका क्रममा तालिम ज्ञानमूलक, ब्यवहारमूलक, जानकारीमूलक भएको बताउाँनु ।
संस्थाको चुक्ता पूँजी रु ६ करोड रहेको छ भने जगेडा कोषमा रु. १ करोड १८ लाख जम्मा रहेको छ । संस्थाको खुद ब्याज आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशत बढेर रु. १ करोड १० लाख पुगेको छ । गत आ.व.को पहिलो त्रैमासमा रु. ९ लाख २३ नोक्सानमा रहेकोमा यस आ.व.को पहिलो त्रैमासमा संचालन मुनाफा रु. ५० लाख ६९ हजार पुगेको छ । संस्थाले यस आ.व.को पहिलो त्रैमाससम्ममा कूल कर्जा प्रवाह रु. ५८ करोड ८० लाख पु¥्याउन सफल भएको छ । गत आ.व.को पहिलो त्रैमासमा निस्क्रिय कर्जा २.८८ प्रतिशत रहेकोमा यस आ.व.को पहिलो त्रैमासमा निस्क्रिय कर्जा १.२१ प्रतिशत पु¥्याउन सफल भएको छ । संस्थाको प्रति शेयर आम्दानी २१ द्यशमलव ५० प्रतिशत रहेको छ भने प्रति शेयर नेटवर्थ रु. ११९ दशमलब ७७ रहेको छ ।

, , ,