भौतिक समृद्धिसँगै शैक्षिक सम्मृद्धि अपरिहार्य देउवा
. लोकप्रियसमाचार भौतिक समृद्धिसँगै शैक्षिक सम्मृद्धि अपरिहार्य भएको नेपाली काँग्रैसका सभापति शेर बहादुर देउवाले बताउँनु भएको छ ।देउवाले सिन्धुपाल्चोकको ठोेकर्पा स्थित बाघ भैरव माविको नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो ।
कार्यक्रममा पुर्व मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सासंद अग्नि सापकोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले सिन्धुबासीलाई धेरै फाइदा भएको बताउँनु हुँदै शिक्षाको बिकासका लागी बर्तमान सरकारले नँया नँया कार्यक्रमहरु ल्याएको बताउँनु भयो । यसै गरी पुर्व मन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राजनीतिक क्रान्ति सकिएकाले अब जिल्लाको विकासका लागि सबै दल एक भएर लाग्नु पर्ने बताउँन् हुँदै बिकासका कार्यक्रममा यो पाटी त्यो पाटी मेरो तेरो भन्न नहुने बताउँनु भयो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले धेरै भन्दा धेरै पर्यटकलाइ सिन्धुपाल्चोकमा भित्र्याएर सिन्धुपाल्चोकको गप।मालाक्ष् अझ उचाइमा लानु पर्ने बताउँनु भयो । सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले विद्यालयलाई अब नमुना बनाएर साुमदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनु भयो । यस अघी सुनकोसी नदीमा बस दुर्घटनाका घाइतेलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुलिखेल अस्पताल पुग्नु भएको थियो ।आइतबार दिउँसो भएको दुर्घटनाका घाइतेलाई भेट्न देउवा सोमबार बिहान धुलिखेल अस्पताल पुग्नु भइको हो त्यस अबशरमा देउवाले दुर्घटनाका घाइतेलाई भेट्दै स्वस्थ्यलाभको कामना गर्नु भएको अस्पतालले जनाएको छ । कांग्रेस सभापतिसँगै सिन्धुपाल्चोकका पूर्वमन्त्री मोहन बस्नेत, काभ्रेका पूर्व सांसद तीर्थ लामा, कञ्चन चन्द्र बादे श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य शिव हुमागाई जिल्ला सभापति मधु आर्चायलगायत अस्पताल पुग्नु भएकोथियो ।