इजाजत विना चलेका अटो ट्याम्पो बन्द

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालनमा आएको अटो ट्याम्पो बन्द हुने भएको छ । सुरुमा केही महिना सञ्चालनमा आएको अटो ट्याम्पोलाई सडक इजाजत नभएका कारण बन्द गरिन लागेको हो । सरकारको सवारी तथा यातायात व्यवस्था ऐनमा भएको व्यवस्था अनुसार सडक इजाजत पत्र नभएका कारण सवारी साधन सञ्चालनमा रोक लगाउन परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक प्रज्वल महर्जनले बताउनु भएको छ ।

उहाँका अनुसार ग्रामीण क्षेत्रमा  सडकको अवस्थालाई हेर्दा कुनै पनि समयमा दुर्घटना हुन सक्ने र दुर्घटना हुँदा सडक इजाजत नभएका कारण बिमाले समेत जोखिम बोक्न नसक्ने भएकाले पनि ठुलै जनधनको क्षती हुन सक्ने भएकाले पनि यसमा कडाइ गर्न पर्ने भएकाले  सिन्धुपाल्चोकमा सञ्चालित यस्ता अटो ट्याम्पो सञ्चालनमा रोक लगाइएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाले दिएको अनुमति अनुसार चल्न पाउन पर्ने ट्याम्पो व्यवसायीहरुको माग भएको भएता पनि नगरपालिकाले नियम विपरित ट्याम्पो सञ्चालन गर्नका लागी अनुमति दिएको नभई नगर भित्र सरकारको निती निर्देशन र यातायात व्यवस्था  कार्यालयबाट जारी भएको इजाजत अनुसार सञ्चाल गर्नका लागी सहमती दिएको नगर प्रमुख अमानसिं तामाङ्गले बताउनु भयो । नगरपालिका भित्र नियमानुसार सवारी सञ्चालन गर्नका लागी नगरले ट्याम्पो मात्र होइन, बस मिनी बसलाई पनि सहमती दिन सक्छ तर यातायात विभागको नियम भित्र रहेर सञ्चालन गर्ने हो । यातायातको हकमा नियमानुसार चलेको छ की छैन भनेर रेखदेख गर्ने काम र समय समयमा चेक जाँच गर्ने काम प्रहरीको भएकाले प्रहरीले  भविष्यमा हुन सक्ने दुर्घटनालाई हेरेर यस्तो निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गको अध्यक्षतामा  ट्याम्पो व्यवसायीहरु समेतको बैठकले  यस्तो निर्णय गरेको हो । सिन्धुपाल्चोक जिल्लाको भौगोलिक स्थिती सडकको अवस्थाका कारण तिन पाङ्गे्र्र साना सवारी साधन सञ्चालन गर्न समस्या पर्ने र कुनै पनि बेला ठुलो दुर्घटना हुन सक्ने र जनधनको समेत क्षती हुन सक्ने अवस्था आउने देखिएकोले तत्काल यो निर्णय गरिएको प्रहरी उपरिक्षक महर्जनले बताउनु भयो। 

,