ईन्द्रावती ८ मा नेकपा र काँग्रेसको उम्मेद्वार छान्यो


लोकप्रिय समाचार
मंसिर १४ मा हुने उपनिर्वाचनका लागी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ८ को वडाध्यक्षको उम्मेदवार टुंगो लगाएका छन् ।  निर्वाचित अध्यक्ष धन बहादुर श्रेष्ठको मृत्युपछि उक्त वडामा उपनिर्वाचन हुँदैछ । नेकपाले केदारनाथ आचार्य र कांग्रेसले अशोक तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  गाउँपालिका स्तरीय निर्णय सर्वसम्मतिले जिल्ला कार्य समितिलाई बुझाइएको छ । उक्त वडामा नेकपा र काँग्रेसबीच नै प्रतिस्पर्धा हुने आकलन छ । उपनिर्वाचनमा एक हजार ४०४ मतदाता सहभागी हुँदैछन् ।यस अघि सो वडामा काँग्रेस विजयी भएको थियो । निर्वाचनमा कांँग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले तीन सय ६४ मत ल्याउनु भएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाओवादीका केदारनाथ आचार्यले तीन सय ५५ मत ल्याउनु भएको थियो ।  एमालेका सम्पूर्ण तामाङले दुई सय २१ र राप्रपाका पूर्ण बहादुर तामाङले चार मत मात्रै ल्याउनु भएको थियो ।


, ,