नेतालाई बोकाए गाउँलेले पानीको डोको


लोकप्रिय समाचार
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको वडा नम्बर–८ स्थित महांकालमा जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्न पुगेका नेताहरुलाई स्थानीय नागरिकले पानीको गाग्रो सहित डोको बोकाएर समस्याको पहिचान गराएका छन् । भवन हस्तानन्तरण गर्न पुग्नुभएका प्रदेश सांसद सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडा–८ का अध्यक्ष रामकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली काँग्रेस मकवानपुरका पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानलाई स्थानीय नागरिकहरुले पानी भरेर राखिएको गाग्री बोकाएका हुन् । सांसद् र जनप्रतिनिधिलाई गाग्रीमा पानी बोकाउँदा स्थानीय गाउँमा खानेपानीको समस्या छ भन्ने कुरा नेताहरुलाई थाहा हँुदा पनि सहयोग नगरेकाका कारण यसरी सम्झना गराइएको स्थानीयहरुको भनाइ रहेको छ । गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधि समेतलाई आफ्ना समस्याबारे व्यवहारिक रुपमा बोध गराउँन नयाँ तरिका सुझाए । पानीले भरिएका गाग्री डोकोमा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने । त्यसपछि नेताहरुको चेत खुल्ला कि भन्ने सोचेका थिए गाउँलेले । उक्त समस्या बुझाउन स्थानीयले गोप्य रुपमा उपाय रचेका थिए । त्यो उपाय सफल भएको  छ । त्यहाँका पीडित स्थानीयको आग्रह अनुसार पानीको गाग्री डोकोमा राखेर बोकेर ठाडो उकालोमा नेताहरु हिडे पछी स्थानीयीय पेट मिचीमिची हाँसेका थिए नेताहरुले पानी भरिएको गाग्री डोकोमा राखेर विद्यालयसम्म त पु¥याए, त्यसपछि उनीहरुको शारीरिक पीडा दयालाग्दो देखियो ।‘हो हजुरहरु, हामी दिनहुँ यसैगरी डोकोमा पानी बोक्न बाध्य हुन्छौं,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयबहादुर तितुङले नेतालाई आफ्नो भनाइ राख्नु भयो ।  ‘समस्या तत्काल समाधानका लागि हजुरहरुलाई गाग्री सहितको डोको बोकाउनुपरेको हो, माफ गर्नुहोला’ गाउँपालिकाका अध्यक्ष मल्लले लामो सास फेरेर अतिथीहरुलाई भन्नु भयो । त्यहाँ उपस्थिती अतिथीहरुले ‘तपाईंहरुले यसरी सिर्जनात्मक ढंगले आफ्ना आवश्यकता बोध गराउनुभयो । चालु आर्थिक वर्षमा नै खानेपानी समस्या समाधान गर्नेछौं । यो हाम्रो प्रतिबद्धता हो  भनेको समाचारपत्रले जनाएको छ ।


,