आपराधिक क्रियाकलाप रोक्न सोलार बत्ती जडान

रुपक पुरी
लोकप्रिय समाचार
बाह्रबिसे नगरपालिकाले बजार क्षेत्रमा हुन सक्ने सम्भावित आपराधिक क्रियाकलापलाई रोक्न बाह्रसिे बजारमा सोलार बत्ती जडान गरेको छ । दशैँताका बजारका ३ घरमा चोरी भएपछि चोरी, डकैती  तथा अन्य सम्भावित आपराधिक घटनालाई रोक्नका लागि नगरपालिकाले सोलार बत्ती जडान गरेको हो । बाह्रबिसेस्थित शारदा माध्यमिक विद्यालय परिसर,सुनकोशी घाट र साधी खोलामा एक एक सेट सोलार बत्ती जडान गरिएको छ । राम्चे वस्तपमा भने ३ सेट सोलार जडान गरिएको बाह्रबिसे नगरपालिका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मान्द्रास्थित गोरखनाथ आधारभूत विद्यालय र सानोपलातिको बौद्धस्तुपा परिसरमा पनि एक एक वटा सोलार बत्ती राखिएको छ ।
बाह्रबिसेलाई आपराधिक घटनाबाट मूक्त गर्नका लागि सोलार बत्ती जडान गरिएको मेयर निम्फुञ्जो शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार आवश्यकता अनुसार अन्य बजार चोक र गाउँबस्तीमा पनि सोलार बत्ती राखेर नगरवासिले सुरक्षाको प्रत्याभूति दिलाइनेछ ।

,