यस वर्षको गौँरती मेलामा धेरै भक्तालु आउने


लोकप्रिय समाचार
यहि २६ गते हुने  सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध एवं धार्मिक धरोहर गौरती भिमसेन मेलामा गत वर्ष धन्दा धेरै भक्तजनहरु आउने आयोजकले दावी गरेका छन् । परापूर्व कालमा किसानहरुले  गौरी गाई नामक गाई पालेका थिए । त्यही गौरी गाईले बेलुका दुध दुहुन नदिने गरेपछि किसानले आफ्ना गाईले किन दुध दिएन भनी अनुसन्धान गर्ने क्रममा राती राती गोठमा हेर्न जाँदा बाँधेर राखेको गाई गोठमा नभेटे पछी कँहा गयो भनी खोजी गर्दा राती गाई हाल मन्दिर रहेको ठाँउमा गई शिलामा दूध चढाउने गरेको देखेका थिए । त्यसरी गाई राती त्यस ठाँउमा आइ दुध चढाएको थाहा पाए पछि टोलका छिमेकीहरुलाई खबर गर्दा छिमेकीहरुले मिलेर  उक्त स्थानमा खनेर हेर्दा हाल मन्दिरमा रहेको शिला भिमसेनको शिला भेटिएको थियो । पछि गाईले राती राती गएर दुध चढाउने गरेको कारण गौराती भिमसेन नामाकरण गरिएको गाँैरती भिमसेन गुठीका जेठा बुढा चिन बहादुर लामाले बताउनु भयो ।प्रत्येक वर्ष कार्तिक पुर्णिमाका दिन गौँरती भिमेश्वरमा भिमसेनको उपस्थिति रहने र उक्त दिन दर्शन गरेमा भक्तजनहरुको मनोइच्छा पुरा हुने धार्मिक विश्वास रहेको छ । यहाँ रहेका शिलालेख नेवारी भाषामा रहेको र शिलालेख बुझ्न कठिन छ । त्यहाँ चढाएको घण्टीहरुबाट करिब ३०० वर्ष भन्दा अगाडीका मिति फेला पार्न सकिन्छ । यो पुरातात्वीक महत्व बोकेको मन्दिर हो भन्ने व्यहोरा पुरा तत्व विभागको अभिलेखबाट पनि थाहा पाउन सकिन्छ ।गौँरती भिमेश्वर मेलामा सिन्धुपाल्चोक जिल्लाको अधिकाँश भुभाग, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा, धार्दिङ, काठमाण्डौं, ललितपुर, भक्तपुर, गोर्खा, रामेछाप, दोलखा, चितवन, विरगंञ्ज, जनकपुर, नेपालगंञ्ज लगाएत भारतदेखी   भक्तजनहरु आउने गरेको देबलाल श्रेष्ठले बताउनु भयो । त्यहाँ जाने भक्तहरुले  आ–आफ्नो मनोकामना पुरा हुने, दुःख, कष्ट, दरिद्रता नष्ट हुने, जे मागे पनि एक चिजमात्र वर मागेको खण्डमा बरदान प्राप्त हुने भक्तजनहरुको भनाइ रहेको छ । वरदान पाइने जनविश्वासका साथ भक्तजनहरुले बाजागाजा सहित पञ्चवली चढाउने प्रचलन समेत रहेको छ । विवाह, व्रतवन्ध गर्नका लागि समेत भक्तजनहरु यँहा आउने र कार्तिक पुर्णिमा बाहेक वडा दशैँ, चैते दशैँ, श्री पञ्चमी, जनै पुर्णिमा, शिवरात्री, जस्ता पर्वहरुमा र प्रत्ेयक हप्ताको शनिवार भक्तजनहरुको भिड लाग्ने गरेको गौराती भिमेश्वर मन्दीरका पुजारी बिष्णु मान श्रेष्ठले बताउँनु भयो ।पर्यटन प्रवर्द्धन तथा संस्कृति संरक्षणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नारा सहित मनाइन लागेको उक्त मेलाको लागि मन्दिर आसपास सरसफाई, मन्दिरमा रङरोगन र अन्य सबै तयारि समेत पूरा भइसकेका छ । जसको लागि स्थानीय युवा क्लब, स्थानीय निकायहरु लागि परेका छन् ।धार्मिक आस्था  र विश्वास रहेको भिमेश्वर मेलामा हजारौं भक्तालुजनको भिड लाग्ने गरेको छ । विगतको बर्षहरुमा भन्दा यस वर्ष  सास्कृती कार्यक्रमका साथै थप व्यवस्था गरिएको ले थप भक्तजनहरु आउने विश्वास लिइएको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट आधा घण्टाको पैदल यात्रा गरेपछि गौरति भिमेश्वर मन्दिरमा पुग्न सकिन्छ ।  मेला जानको लागि लोकल बसको समेत व्यवस्था छ भने निजि सवारिमा समेत मन्दिर पुग्न सकिन्छ ।सिन्धुपाल्चोक  जिल्ला कै गहनाको रुपमा परिचित गौराती मेला लाई  सफल  बनाउन व्यापारी हरुको लागि स्टल को व्यवस्था गरिएको छ । मन्दिर रङरोगन र मन्दिर  सजावट  मन्दिर वरिपरि  सरसफई  अस्थाई शौचालयको व्यवस्था मेलालाई मनोरञ्जनात्मक  बनाउन बृहत सांकृतिक कार्यक्रम गर्ने मेला अवधि भर स्वयमसेवकलाई  परिचालन गर्ने विगत वर्ष भन्दा मेलालाई अझ  रमाइलो र व्यवस्थित बनाउने आयोजकको दावी रहेको छ । मेलालाई पुर्ण रुपले सुरक्षाको ब्यबस्था मिलाइएको जिल्ला प्रहरी कार्यलयका  सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधव काफ्लेले जानकारी  दिनु भएको छ ।


,