सिन्धुपाल्चोकले मनायो ३२औँ एड्स दिवस
लोकप्रिय समाचार
३२ औ विश्व एड्स दिवसको अवसर पारेर स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकलेआइतबार पत्रकार भेटघाट कार्यक्रम गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जिल्ला एड्स सम्मन्वय समितिका संयोजक कृष्ण गोपाल तामाङ्गको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख तथा जनस्वाास्थ्य प्रमुख दुर्गादत्त चापागाईले एचआई भी रोकथाममा समुदायिक प्रभावकारी भुमिका विषयमा प्रकाश पार्नु भएको थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाको प्रमुख अतिथ्यतामा भएको ¥यालिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपिरक्षक प्रज्वल महर्जन, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा पौड्याल, बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी लगायत सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंले कार्यक्रमको महत्वबारे जानकारी गराउँदै यो दिवस एक दिन मनाउँदैमा नहुने यसका बारेमा सबै दिन सबै क्षेत्रका मानिसहरुले एड्सका बारेमा जानकारी दिन र लिन पर्ने बताउनु भयो । ¥यालीपछि भएको कोणसभामा जिल्ला समन्वयको उपप्रमुख सापकोटाले यस्ता खालका चेतनामूलक कार्यक्रम हरेक पालिका र वडामा हुनुपर्ने बताउनु भयो । उहाँले हरेक गाउँ र दुर्गम क्षेत्रमा रहेका शिक्षाको पहुँचबाट टाढा भएका नागरिकहरुलाई समेत यस सवषयमा जानकारी गराउन सके यो कार्यक्रमको अझ बढी प्रभावकारीता हुने बताउनु भयो ।