ट्रिपर ठक्करबाट पैदल यात्रुको मृत्यु

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकामा ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । २०७६ मंसिर २६ गते ७ः०५ बजेको समयमा इन्द्रावती गाउँपालिका १२ ढोटार स्थित बालुवा लोड लिई भित्री सडकखण्डमा ढोटारबाट सिपाघाटतर्फ जाँदै गर्दा बा ४ ख ६४२९ नम्बरको ट्रिपरले पैदल यात्री भाङ्टार बस्ने वर्ष ४७ को पन्चविर दनुवारलाई ठक्कर दिँदा निजको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौतारालाई उक्त सूचना प्राप्त हुनासाथ घटनास्थलमा तत्काल प्रहरी अधिकृत सहितको टोली खटी गई घटनास्थल रलास जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानका कार्य सम्पन्न गरिएको हो । उक्त ट्रिपर र ट्रिपर चालक मेलम्ची नगरपालिका १३ बस्ने वर्ष २६ को सोम बहादुर तामाङ जिल्ला प्रहरी कार्यालय चौताराको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौताराका सूचना अधिकारी र प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो ।

,