भुम्लु गाउँपालिकामा लैगिंक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

लोकप्रिय समाचार
भुम्लु गाउँपालिकामा “समानताको पुस्ता बलात्कार विरुद्ध ऐक्यबद्धता“ भन्ने मूल नारा सहित लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न भएको छ । भुम्लु गापा को अध्यक्ष गुमानध्वोज कुँवरको प्रमुख आतिथ्यतामा र उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रममा भुम्लु गापाका प्रशासकीय प्रमुख ज्यूले केके कुरामा आफु माथि हिंसा हुन्छ त भन्ने विषयमा साना विद्यार्थी जीवन देखि वयस्क सम्मले बुझ्न एकदम जरुरी रहेको भन्दै कार्यक्रममा स्वागत मन्तव्य राख्नु भयो भने प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले हाम्रो समाजमा भएका घटेका र देखिएका हरेक किसिमका हिंसा अथवा विभिन्न प्रकृतिका घटनाहरुलाई निर्मुल पार्नुलाई सहज वातावरण होस् र बनोस् भन्ने आजको कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनु भयो । जसको लागि प्रहरी मात्रले नसक्ने र जनता आफैँ यसमा सजक रहनु पर्ने साथै उजुरी गर्न कसैलाई पनि नडराउन अनुरोध पनि गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथी गुमानधोज कुँवर ज्यूले जे कुरामा नोक्सान हुन्छ त्यै  लैंगिक हिंसा हुने अनि हिंसा र अवहेलनाको अन्त्य आफ्नै घरबाट हुनु पर्ने भन्दै विभिन्न उदाहरण पनि दिनुभयो ।
घर परिवारमा सधैँ आआफ्नो दैनिकीको विषयमा बेलुका परिवारमा छलफल हुन एकदम जरुरी रहेको र यसले हिंसा र पारिवारिक द्वन्द्व हटाउने, श्रीमान् श्रीमतीमा एक अर्कामा सम्मान गर्ने गर्यो भने त्यो परिवार उदाहरणीय बन्ने बताउनु भयो । कतिपय कुराहरुमा हाम्रा पुस्ताले सिकाएका कुराहरुलाई पनि हामीले अङ्गाल्न नहुने बताउनु भयो ।
त्यसै गरी कार्यक्रमका अध्यक्ष एवम ् भुम्लु गापाका उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठ ज्यूले कार्यक्रममा उपस्थितीको लागि जिम्मेवार व्यक्तित्व र संघ संस्थालाई खबर गरे तापनि खासै वहाँहरुको उपस्थिती नभएकोले वहाँहरुको समुदायमा हिंसामा परेका व्यक्तिहरुले वहाँहरुबाट के आश राख्ने र के अपेक्षा गर्ने भनि दुःखेसो पोख्नु भयो ।
आफु माथि हिंसा पर्यो भने कुन ठाउँमा उजुरी गर्न जाने र कसलाई आफ्नो कुरा राख्ने भन्ने विषयमा सबैलाई जानकारी हुन एकदम जरुरी रहेको र यस विषयमा राम्रो सूचना पाउनु पनि वहाँहरुको अधिकार रहेको बताउनु भयो ।
उजुरी गर्ने ठाउँहरुमा वडा कार्यालय, प्रहरी कार्यालय र गाउँपालिका को मेलमिलाप केन्द्र पनि रहेको बताउनु भयो ।
यो समुदाय, गाउँ र देशलाई नै हिंसा रहित बनाउने मुख्य हात महिलाहरुकै रहेको ले छोरा पाउँदा होस् या छोरी पाउँदा होस् घरमा भेदभाव र राम्रो संस्कारको विषयमा महिलाहरु नै समानताको हकलाई बुझ्न र बुझाउन जरुरी रहेको बताउनु भयो ।


,