धसिङ्गरे तेल उद्योगले दियो रोजगारी

रूपक पुरी
लोकप्रिय समाचार
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ४ अत्तरपुरमा सञ्चालन भएको धसिङ्गरे तेल उद्योगले स्थानीयलाई गाउँमै रोजगारीको अवसर सृजना गरेको छ । एक वर्षमा ६ महिनामात्रै सञ्चालन हुने उक्त उद्योगबाट सबै खर्च कटाएर ६ लाख स्थानीयले गाउँ भित्राउने गरेको उद्योगका व्यवस्थापक शशि कुमार शाक्यले बताउनुभयो । प्रतिकेजी तीन हजार पर्ने यो तेल औषधीको लागि  प्रयोग गरिन्छ । चारवटा सामुदायिक वनको दुई लाख ८५ हजारको लागतमा उद्योग सञ्चालन गरिएको हो ।
भौगोलिक रूपमा केही उचाइमा पाईने धसिङ्गरेको स्याउला प्रशोधन गरेर बनाईने यो तेल अमेरिका तथा विकसित मुलुकमा निर्यात हुने उद्योगका व्यवस्थापक शाक्यले जानकारी दिनुभयो ।

, ,