मध्य पहाडी लोकमार्ग र स्थानीय बिच विवाद

लोकप्रिय समाचार
मध्य  पहाडी लोकमार्गले डिपिआर गरेको ठाउँबाट काम नगरेर   अन्यत्र पुनः डिपीआर गरि काम गर्न खोजेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।  सिन्धुपाल्चोक जिल्लाको  इन्द्रावती गाउँपालिका न्यौपानेटारबाट बोडगाउँ जाने सडक डिपिआर भएको स्थानमा सडक नबनाई भोला चोकबाट गैटार हुँदै बाडेगाउँ निकाल्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । यस अघि पहिले गरिएको डिपिआर बमोजिम नै काम गर्न माग गर्दै स्थानीयहरु जिल्ला प्रशासन कार्यालय सम्म धाएका छन् । जिल्ला प्रशासन कार्यालयमा आफ्ना माग सम्बोधन गर्नका लागी आएको स्थानीय कृष्ण न्यौपानेले  बताउनु भयो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गको अध्यक्षतामा आयोजना प्रमुख दिपक केसी र स्थानीयहरु बिच छलफल हुँदा आयोजनाले पहिले डिपीआर गरेको स्थानबाट सडक निर्माण गर्दा सडक पनी असुरक्षित हुने र लगानी पनि धेरै लाग्ने भएकाले नँया डिपीआर तयार गरि नँया ठाँउबाट सडक निर्माण गर्न लागेको बताएको थिए । तर स्थानीयहरु भने जँहाबाट डिपीआर भएको त्यही बाट सडक खन्न पर्ने बताएपछी सहमती हुन नसकेकाले आयोजनाका  स्थानीयले फेरी माथिल्लो निकायमा छलफल गर्ने भने पछी सहमती हुन नसकेको  होे । आयोजनाले अनावश्यक रुपमा विवाद निम्त्याउन लागेको, पहिले डिपिआर गरिएको ठाउँबाट काम नगरी सिमान्तकृत माझी बस्ती नै जोखिममा पार्ने खालका काम गरेको माझी बस्तीको जग्गा पेलेर काम गर्दा माझी समुदायबाट पनि विरोध भएको न्यौपानेले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको पहलमा छलफल द्वारा नै समस्या समाधान गर्न खोजेको भएता पनि आयोजनाका तर्फबाट सहमतिमा आउनु भन्दा पनि माथिल्लो तहमा  सहमति गर्ने भन्दै सहमतिका विषयमा छलफल नै गर्न नमानेको स्थानीयले बताएका छन् । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले जिल्लामा परेको समस्या समधानका लागी आफुले दुवै पक्षलाई सँगै राखेर छलफल गराएको आयोजनाले पहिला गरेको डिपिआर अनुसार सडक बनाउँदा असुरक्षित हुने भएकाले नँया डिपीआर गरि सडक निर्माण गर्न लागेको बताएको र स्थानीयले पहिले  जँहाबाट काम गर्न लागेको हो, त्यहीबाट काम गर्नुपर्ने बताउँदै माननीयहरु सहित भएर छलफल गर्ने भने पछी निष्कर्षमा प्ग्न नसकिएको प्रजिअ चेम्जोङ्गले बताउनु भयो । 

,