विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय महिला स्वयमंसेविका दिवस

लोकप्रिय समाचार
१६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमंसेविका दिवस देशै भरि विभिन्न कार्यक्रम गरि मनाईएको छ । यसै सन्दर्भमा चौतारा साँगाचोकगढी नगरपालिकामा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतइ इन्द्र बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख इन्द्र बस्यालले राज्यबाट दिएको सेवा पाउने हक नागिरकको हो भने सेवा दिने जिम्मेवारी सरकारी कर्मचारीको भएको बताउनु भयो । उँहाले कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्दै नगरपालिकामा रहेको १४ वटा वडामा १९ वटा स्वास्थ्य संस्था मार्फत ९० जना  स्वास्थ्य महिला स्वयमंसेकिाहरुबाट समेत सेवा प्रदान गरिरहेको बताउनु भयो ।
नगरपालिकामा कार्यरत रहेको महिला स्वास्थ्य स्वयमंसेविककाहरुलाई सुविधा कम भएको नगरपालिकाले महसुस गरेको बताउनु भयो ।
उहाँले राज्यले दिएको सुिवधा कमी भएको महसुस गरि नगरपालिकाले  हरेक महिना प्रोत्साहन भत्ता बापत रु एकहजारका दरले हरेक महिला स्वयमसेविकालाई  सहयोग गरिरहेको बताउनु भयो । उँहाले महिला स्वयम्सेविकाहरुकोे गुनासोको जवाफ दिदै चौतारा अस्पतालमा पछिल्लो पटक भएको अब्यबाहिरकतालाई तत्काल छलफल गरेर त्यस्ता कर्मचारीलाई कार्वाही गर्न समेत अस्पताल प्रशासनलनई अनुरोध गर्ने बताउनु भयो ।
उहाँले  नगरपालिकामा  पर्याप्त जनशक्ति नभएका अवस्थामा पनि सिमित कर्मचारीबाट पनि सेवाका कमी हुन नदिएर सधैँ चनाखो रहेकोमा विशेष धन्यवाद दिनु भयो । स्थानीय सरकारले नागरिकलाई कसरी सुरक्षित गराउने भन्ने बारेमा समेत चनाखो रहेर काम गरिरहेको बताउनु भयो । कार्यक्रमका विशेष अतिथि जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक प्रज्वल महर्जनले सिन्धुपाल्चोक जिल्लामा  पछिल्लो समयमा आत्महत्याको प्रकरण बढ्दै गएको दुःखेसो व्यक्त गर्दै प्रहरीले ढिलो चाँडो दोषी पत्ता लगाएर कार्वाही गरिरहेको बताउनु भयो ।
उँहाले समाजमा हुन सक्ने सम्भावित घटना रोक्नका लागी समाजका नागरिक पनि सचेत रहन पर्ने र सचेत गराउनका लागी स्वयमंसेविकाको ठुलो भुमिका रहने बताउनु भयो । घटना कसरी हुन्छ, यसबाट बच्न के के गर्न पर्छ, के के अपराधको सजाय के के हुन्छ भन्ने बारेमा सहभागीलाई जानकारी समेत दिनु भएको थियो ।
१६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमंसेविका दिवसको अवसर पारेर चौतारा नगरपालिका भित्रका महिला स्वयमंसेविकाहरुले टुँडिखेलबाट ¥याली सहित सभामा भएको कार्यक्रममा महिला स्वयमंसेविकाहरुले नगरपालिका तथा वडाहरुले समेत सेवा सुिवधामा कमी गरेको,  जिल्लाको सदरमुकाममा रहेको नगर पालिकाको पहिचान बोकेको एउटा मात्र अस्पताल चौतारा अस्पतालमा पछिल्लो समयमा त्यहाँका कर्मचारीहरुबाट भएको व्यवहार प्रति दुःख लागेको बताउँदै काम गर्नका लागि दिन रात नभनी काम गर्न पर्ने तर सुिवधा नदिने हुँदा वडा तथा नगरबाट सुविधा दिन पर्ने बताएका छन् ।
चौतारा साँगाचोकगढी नपा वडा नं ४ का स्वयमंसेविका अम्बिका नेपालले काम गरेको आधारमा कुनै पनि सहयोग नपाएको गुनासो गर्नु भयो । त्यसै गरी महिला स्वयमंसेविका वडा नं ५ का पार्वती श्रेष्ठले महिला स्वयमंसेविकाले धेरै काम गरेको भएता पनि थोरै मात्रामा सुिवधा पाएको बताउँदै वडा तथा नगरले गर्ने स्वास्थ्य सुविधामा कुनै पनि कमी हुन नदिन लागि परेको बताउनु भयो ।
उँहाले  महिला स्वयमंसेविकाले  गरेको कामको पनि मुल्याङ्कन गर्न पर्ने बताउनु भयो । महिला स्वयमंसेविका गमली गुरुङ्गले पछिल्लो समयमा जिल्लाका एक मात्र अस्पताल चौतारा अस्पतालमा प्रसूती गराउन जाँदा झर्काे फर्काे गर्ने, किन आईस भन्ने, पिडामा परेका महिलालाई आफ्नै अगाडी किन कराएको भन्ने हप्काउने र अपशब्द प्रयोग गरेर झन् पिडामा राख्ने गरेको पाइएकाले यस तर्फ सबैको ध्यान जान पर्ने बताउनु भयो । उँहाले आइरन चक्की समेत नदिने गरेको  पाइएको बताउँदै व्यवहारका कारण अस्पतालको नाम नराम्रो तिर लागेको बताउनु भयो ।
कार्यक्रममा सुहारा कार्यक्रमका रजनी चुडालले  महिला स्वयमंसेविकाहरुले हरेक नागीरकको बालबालिकाहरु मात्र नभई सबैलाई पौष्टिक युक्त खाद्यान्न खानका लागि दिएको सल्लाहको प्रशङ्सा गर्दै स्वास्थ्य स्वयमंसेविकाले गरेको सहयोग प्रति विशेष धन्यवाद दिनु भयो । स्वास्थ्य कार्यालयको  तर्फबाट  बोल्दै केशव नापितले नगरपालिका मात्र नभई सबै स्थानका महिला स्वयमंसेविकाहरुर्ला समस्या रहेको छ तैपनि उँहाहरुबाट गर्नु भएको सहयोगको सम्मान गर्न कसैले पनि पछि पर्न नहुने बताउनु भयो ।
कार्यक्रमको सञ्चालन गर्दैनगर स्वास्थ्य शाखाका शिव पुरीले अब नगरका हरेक नागिरकलाई स्वास्थ्यको थप पहुच पु¥याउनका लागी  व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनु भयो । उँहाले २०४६ सालदेखि स्थापित रहेको यो महिला स्वास्थ्य स्वयमंसेविकाहरुले गरेको काम र सहयोगका बारेमा  जानकारी गराउनु भयो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा चौतारा साँगाचोकगढी वडा नं ५ का वडाअध्यक्ष नरमान श्रेष्ठले महिला स्वयमंसेविकाका कारण विगतमा हुने गरेको मातृ मृत्युदर बालबालिकको मृत्युदर घटेको बताउनु भयो । उँहाले यस प्रतिको योगदानको प्रशंसा गर्दै हरेक क्षेत्रमा स्वयम्रसेविकाले गरेको काम प्रशसंनीय रहेको स्पष्ट पार्नु भयो।
स्वास्थ्य सेवामा गरेको लगानी शत प्रतिशत स्थायित्व र दिर्घकालीन हुने बताउनु भयो । उँहाले खानेपानी, बाटो, लगायतका कामहरु प्रत्यक्ष देखिने तर स्वास्थ्यको काम बिस्तारै देखिने यो सबै भन्दा नभइ नहुने सेवा भएको बताउँदै आर्थिक स्थितिमा हेर्ने हो भने स्वयमंसेविकालाई दिइएको पारिश्रमिक कमी छ तर नगरपालिकामा स्वयमंसेविकाको ठुलो महत्व छ । यस कारण महिला स्वयमंसे विकाले खेलेको भुमिकाका बारेमा सधै उच्च रुपमा सम्मान गर्ने बताउनु भयो ।

, ,