माईती नेपाल सिपाद्वारा ३९ जना किशोरीलाई बन्देउबाट उद्धार

लोकप्रिय समाचार
माईती नेपाल सिन्धुपाल्चोकले  आफ्ना गतिविधीका बारेमा सञ्चार कर्मीसँग अन्तरक्रिया तथा छलफल गरेको छ । नेपाल पत्रकार महासंघ को कार्यालयमा पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा माइती नेपालले सिन्धुपाल्चोकमा गरेका काम कार्यहरुका बारेमा जानकारी गराइएको थियो ।



माईती नेपाल सिन्धुपाल्चोक  जिल्ला कार्यक्रम संयोजक पवित्रा घिमिरेले हालसम्म गरेका कामहरुका बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा विगतको अनुभव सुनाउँदै मानसिक सन्तुलन गुमाएका बालबालिका तथा किसोर किशोरीहरुलाई आफ्ना पोष्टमा आउने र पोष्टमा आवश्यक मेनपावर नभएका कारण त्यस्ता व्यक्तिहरुबाट आफ्ना कर्मचारिहरु नै पिडीत हुने गरेको गुनासो गर्नु भयो। उहाँले  भोटेकोशी गाँउपालिकामा मात्र पाँच स्थानमा  स्वयम्सेविका तथा सामाजिक सञ्जाललाई तालिम दिइएको जानकारी दिनु भयो । मार्मिङ्गमा मानव बेचबिखनबारे परामर्श जानकारी गराएको बताउनु भयो । बन्देउ बाह्रबिसेमा  मनोसामाजिक आयआर्जन सम्बन्धी तालिम परामर्श बैठक कानुनी परामर्श साथै साथै विभिन्न प्रकारका घटना सम्बन्धी पहिचान तथा परामर्श कार्यक्रम गरेको जानकारी दिनु भयो ।
४० जना किशोरी तथा महिलाहरुको उद्धार र पुर्नमिलन, ३९ किशोरी तथा महिलाहरुलाई वन्देउबाट घर फिर्ता,  ४९ जना माईती नेपालको सेल्टर सुविधा लिएको, किशोरी तथा महिलाहरु हराइरहेको केश दर्ता १४ वटा दर्ता ती मध्ये ९ वटा फेलापारी परिवारमा पुर्नमिलन, घरेलु हिंसा अन्तर्गत १९ वटा मुद्दा दर्ता भएको जसमा १४ वटा माईती नेपालद्धारा मेलमिलाप गराईएको र  ५ वटा ईलाका प्रहरी कार्यालय बाह्रबिसे र नगरपालिकामा रिफर गरिएको, ४ जना किशोरी तथा महिलाहरुले आयआर्जन तालिम सम्पन्न गरेको र व्यवसाय सुरुवातको अवस्थामा छन् । बुथ मोनिटरिङको दौरानमा १७५९५ गाडी अवलोकन र चेक जाँच, सूचना तथा परामर्श प्रदान गरिएको, ४९ जना किशोरी र महिलाहरुलाई २ दिन देखि ७ दिन सम्म आवास प्रदान गरिएको छ भने २ किशोरी दिर्घकालीन रुपमा सेल्टरमा रहेको बताइएको छ । कार्यक्रमममा  मुख्य अपराधी भनेको स्थानीय दलालहरू (ीयअब िब्नभलतक) नातेदार, साथीहरू तथा चिनजानको व्यक्तिहरू, म्यानपावर कम्पनी र कन्सल्टेन्सिज, ट्राभल एजेन्सी, अन्तर्राष्ट्रिय दलालहरु (क्ष्लतभचलबतष्यलब िब्नभलतक), नक्कली अन्तर्राष्ट्रिय कम्पनीहरू रहेको पाइएको छ । व्यावहारिक समस्या भनेको विदेशबाट पिडीतको उद्दार गर्न समस्या, पुर्नस्थापना समस्या, प्रमाण संकलनमा कठिनाई (गैर बैंकिङ माध्यमको प्रयोग, एजयतय ऋजबलनभ, अभिलेख अभाव), नयाँ नयाँ विधी र प्रविधीको प्रयोग, पिडीतको सहमतिमा भए पनि फौजदारी कसूर मान्ने कानुनी व्यवस्था आवश्यक, खुल्ला सिमानाका कारण अपराधमा संलग्न व्यक्ति सजिलै भाग्न उम्कन सक्ने रहेको छ । हाल सम्म बन्देउमा १७९५ वटा बसमा अबलोकन गरेको बताउनु भएको छ ।

,