विकट गाउँमा वर्थिङ सेन्टर

रुपक पुरी
लोकप्रिय समाचार
केयर नेपाल र टुकी संघ सुनकोशीको सहयोगमा बाह्रबिसे नगरपालिकाको विकट गाउँ घुम्थाङमा बर्थिङ सेन्टर बन्ने भएको छ । बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जो शेर्पाले बर्थिङ सेन्टरको शिलान्यास गर्दै नगरको जनतनका स्वास्थ्यको लागि मरिमेटेर  लागिरहेको बताउनुभयो ।

बाह्रबिसे बजारवाट एक दिनमा पुगिने घुम्थाङमा बर्थिङ सेन्टर नहुदा गर्भवती घरमै जोखिमपूर्ण सुत्केरी गराउन बाध्य थिए  । घुम्थाङमा झन्डै सय जना सुत्केरी हुने सरकारी तथ्यांक अनुसार बर्थिङ सेन्टर बनाउन लागिएको टुकी सँघ सुनकोशिका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौड्यालले बताउनुभयो । तीन लाख खर्चेर घुम्थाङस्थित सरस्वती शँकर माध्यमिक विद्यालयमा महिलामैत्री शौचालय र बर्थिङ सेन्टर बनाउन लागिएको पौड्यालले बताउनुभयो । थुम्पाखर र घुम्थाङमा गरी दुईवटा वर्थिङ सेन्टर बनाउन टुकीले सहयोग गरिरहेको छ ।

, ,