स्काउट द्धारा किड ब्याग सिलाइ तालीम सम्पन्न



     लोकप्रियसमाचार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा  जिल्ला स्काउट सिन्धुपाल्चोकले किड ब्याग सिलाइ तालीम दिएको छ ।


  वाग्स (   डब्लू ए जि जि जि एस् )को आर्थिक सहयोग, नेपाल स्काउट प्रधान कार्यलय काठमाडौको समन्वय तथा जिल्ला स्काउट सिन्धुपाल्चोकको सहकार्यमा मंसिर १५ गतेदेखि  २९ गते सम्म १५ दिने किड ब्याग सिलाई तालीम  सम्पन्न भएको हो  ।
कार्यक्रमको समापन समारोह  चौतारा साँगाचोकगढी ५ अवस्तिथ होटेल अरनिकोमा विशेष कार्यक्रम गरि गरिएको थियो  ।समापन समारोको समापन कार्यक्रमको प्रमुख अतिथिद्वारा दिप प्रज्वलन गरिएको थियो ।
कार्यक्रमको समापन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल स्काउटका सह(निर्देशक  प्रदिप बगालेले  महिला रजस्वला हुँदा प्रयोग हुने बजारको  प्याड स्वास्थ बर्दक नहुने हुँदा स्थानीय स्रोत साधन र सीप प्रयोग गरि आफैलेनै बनाउदा  स्वास्थ्यबर्दक हुनुका साथै सस्तो पर्ने  र स्थानीय स्तरमा नै रोजगारको पनी ब्यबस्था हुने भएकाले  यो तालीमको बिशेष महत्व रहेको  बताउँनु भयोे  ।
उँहाले   नेपाल सगरमाथामाको देश भनि विश्व सामु चिनियको छ, तर बजारमा पाइने विविन्न किसिमको प्याड प्रयोगले गर्दा भबिस्यमा प्याडको सगरमाथा भनेर चिनिने अवस्था नाआउला भनेर भन्न सकिन्न  भन्नु भयो । स्काउट मास्टर सीता कसजुले सिलाइ तालीमलाई उद्योमशिलतामा विकास गर्न सके आय आर्जन गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि नेपाल स्काउटका स्रोत तथा परियोजना अधिकृत माधव राज मैनाली, अतिथिहरु नेपाल स्काउटका फोटो ग्राफर योगेन्द्र भुजेल,  जिल्ला स्काउटका समन्वय आयुक्त मिनादेबी श्रेष्ठ, जिल्ला स्काउट सिन्धुपाल्चोकका जिल्ला परिषद सदस्य रमेश गुरुङ्ग, तथा प्रशिक्षार्थीहरु रहेको थियोे ।
जिल्ला स्काउट सिन्धुपाल्चोकका महिला तालीम आयुक्त मौसमी गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सिलाइ तालीममा नगरका२० जना किशोरीहरुको  सहभागीता रहेको थियो  भने  जिल्ला स्काउट सिन्धुपाल्चोकका सदस्य तथा स्काउट मास्टर निर्मला श्रेष्ठको पहलमा आयोजित सिलाइ प्रशिक्षण तालीम संचालन  गरिएको थियोे । समापन समारोहको संचालन पनि निर्मला श्रेष्ठले नै गर्नू भएको थियो । यो तालीम अती आबश्यक पनी थियो यस बाट धेरै कुरा सिक्न पाइयो यस्तै कार्यक्रम  हरेक गाँउ गाँउमा  पनी भए अझ  राम्रो हुने सहभागीहरुको भनाइ रहेको थियो

, , , , ,