बस दुर्घटना मृत्यु हुनेको संख्या १४ मन्त्रीद्धारा दुखब्यक्त


लोकप्रियसमाचार। सिन्धुपाल्चोक जिल्लामा  आइतबार बिहान  भएको  बस दुर्घटनामा १४  जना भन्दा बढीले ज्यान गुमाएका छन ।


दोलखा जिल्लाका कालीन्चोक बाट काठमाण्डौ तर्फ गइरहेको बा४ख ४४६८ न  को भाडा बस सडकमा दुर्घटना भएको हो । सुनकोशी गाउँपालीकाको ६ किलो मोडमा  बिहान ७ बजे  दुर्धटना भएको हो । यो समचार तैयार पार्दा सम्म १४जनाको  शब फेला परेको छ भने घटनास्थानमा  सुरक्षाकर्मी तथा समाजसेवी स्थानयिहरु उद्धारमा खटीरहेका छन । यस घटनालाइ लिएर ३ नं प्रदेसका सामाजीक बिकास मन्त्री, युवराज दुलाल,  पर्यटन तथा  बन मन्त्री अरुण  नेपालले घटना प्रती गहीरो दुख ब्यक्त गर्दै  घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।   दुर्घटना के कारणले भएको हो र कती जना थिए भन्ने बिषयमा यो समाचार तैयार पार्दा सम्म आधिकारिक जानकारी प्राप्त भएको छैन ।    ------------------ फोटो साभार-----------------

, , ,