गोकर्ण रिसोर्टसँगको सम्झौता नविकरण खारेज गर्न माग

लोकप्रिय समाचार
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गोकर्ण रिसोर्टसँगको सम्झौता नविकरण खारेज गनैको निमित्त माग गरेको छ । ट्रान्सपरेन्सीका हध्यक्ष खेमराज रेग्मीले एक विज्ञप्ति प्रकाशित गरी खारेजीको माग गर्नु भएको छ । यही पौष ०२ गते जारी विज्ञप्तिमा भनिएको छ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भ्रष्टाचारका विरुद्धमा विगत २३ वर्ष  देखि निरन्तर रुपमा सकृय रहेको नागरिक संस्था हो ।
हालै मात्र  नेपाल सरकारले नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको करिव तीन हजार रोपनी जग्गा पुरानो सम्झौता अवधि २०८२ श्रावण मसान्तसम्म झण्डै ६ वर्ष बाँकी नै रहेको अवस्थामा अत्यन्त अपारदर्शी ढङ्गबाट हतार हतारमा पुरानै यति होल्डिङ्स प्रा.लि. लाई थप २५ वर्षका लागि लिजमा दिइएको भन्ने विभिन्न सञ्चार माध्यमबाट प्रकाशित तथा प्रसारित समाचारप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ।
“भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने” सरकारको दाविलाई यस्तो निर्णयले निरर्थक तुल्याएको छ। सार्वजिनिक खरिद ऐनको ठाडो उल्लंघन गरी स्वस्थ्य प्रतिस्पर्धा विना नेपाल ट्रष्ट स्थापना गर्दाको मुल मर्म विपरित कुनै एउटा ब्यापारिक प्रतिष्ठानसँग गुपचुपमा संझौता गरी राष्ट्रिय सम्पतिको दुरुपयोग गर्ने कार्य कुनै पनि तर्कका आधारमा असल नियतले गरिएको निर्णय हो भनेर विश्वास गर्ने आधार देखिदैन ।
अर्को निर्वाचित सरकार आए पछि पनि कानुन सम्मत तरिकाले निर्णय गर्न सक्ने पर्याप्त समय वाँकी नै रहने अवस्थामा अपारदर्शी रुपमा हतार हतार तत्कालै यस्तो निर्णय गर्नुमा निर्णयमा संलग्न पदाधिकारीहरुलाई गलत तत्वले अनुचित प्रभावमा पारेको स्पष्ट देखिन्छ।
अतः “म आफुपनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न” भनी आमरुपमा प्रतिवद्धता ब्यक्त गर्नुहुने प्रधानमन्त्रीज्यूले राष्ट्रिय सम्पतिमा लुट मच्चिने खालको यस्तो निर्णय फिर्ता लिई यसमा संलग्न पदाधिकारीहरुलाई कानुन वंमोजिम कडा कारवाही गरी मुलुकमा सरकार प्रतिको विश्वास कायमै राख्न र सुशासनको प्रत्याभुति दिन जोडदार माग गर्दछौ, भनिएको छ ।
 


,
Lokpriya[email protected] Powered by Blogger.