संस्कार संस्कृति नगरका गहना हुन्ः नगर प्रमुख अमानसिं तामाङ
लोकप्रिय समाचार
हरेक जातजातिका संस्कार संस्कृति नगरका गहना हुन् । जो संस्कार भित्र रहेर संस्कारका नियम अनुसार काम गर्छ, त्यो नागरिक अनुशासित र स्वस्थ रहने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनु भएको छ । उहाँले चौतारा साँगाचोकगढी नगरपालिका वडा न. ७ स्थित मेलचौरमा आयोजना गरिएको १५ दिने संस्कृत भाषा प्रशिक्षणको उद्धाटन गर्दै यस्तो बताउनु भएको हो । उहाँले नगरपालिकामा विभिन्न जात जाति धर्मावलम्बीहरुको बसोबास रहेकोमा तामाङ्ग, नेवारहरुको संस्कृत विकासका लागि नगरपालिकाले सहयोग गरिरहेको बताउँदै ब्रह्माण्डहरुको लागि पनि उँहाहरुको सस्कृतलाई संरक्षण गर्ने जमर्को गरेकोमा खुशी व्यक्त गर्दै आफुले यसका लागि पनि केही सहयोग गर्ने बताउनु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा स्थानीय विद्यालयका प्राध्यापक तथा विद्यार्थी तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रमका बारेमा जनाकारी दिदै श्रीहरि आध्यात्मिक सेवा आश्रमका अध्यक्ष पुन्य प्रसाद दङ्गालले लोप हुँदै गएको संस्कृत भाषालाई जगेर्ना गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले हरेक कर्म काण्ड गर्नका लागि संस्कृत भाषा प्रयोग भइरहेको र यो भाषाका बारेमा जानकारी हुनुपर्ने भएकाले पनि यसको आवश्यक रहेको बताउनु भयो । हरेक क्षेत्रमा संस्कृत भाषाका कुनै न कुनै शब्दहरु प्रयोग हुने भएकाले पनि यसको जानकारी हुनुपर्ने बताउनु भयो । कार्यक्रममा संस्कृतविद्हरुाट स्वस्ति वाचन गर्दै अमानसिं तामाङ्गले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।