व्यवसाय सञ्चालनसँगै सामाजिक कामहरुलाई पनि अगाडी बढाइरहेको छु...

सिन्धुपाल्चोक जिल्ला  बलेफी गाउँपालिका वडा नं. २, फुल्पिङकोटमा पिता विर बहादुर विश्वकर्मा र माता गोमा विश्वकर्माको कोखबाट मिति २०५३ साल भाद्र ३० गते जेठो सन्तानको रुपमा जन्मनु भएको लक्ष्मी विश्वकर्माको व्यवसायिक सफलता आज सबैको लागि मार्गदर्शन बन्न पुगेको छ । उनको सिलाई कटाई व्यवसायले सबैलाई गरे के हुन्न भन्ने सन्देश दिएको पाइन्छ। यिनै सफल व्यवसायी लक्ष्मीसँग लोकप्रिय संचारकर्मी विक्रम सुन्दासले गरेको कुराकानी...................................
नमस्कार, तपाईको परिचय दिनुहोस् ।
नमस्कार, म बलेफी गाउँपालिका वडा नं. २ फुल्पिङडाँडा स्थायी ठेगाना रहेको  हाल बलेफी गाउँपालिका वडा नं. १ जलविरेमा “एल टेलरिङ एण्डतालिम सेन्टर” सिलाई कटाई व्यवसाय संचालक लक्ष्मी विश्वकर्मा, म एकता लघु उद्यमी समुहको सचिव, मातृशिशु बचत तथा ऋण सहकारी संस्था र आदर्श बचत तथा ऋण सहकारी संस्थाको सियर सदस्य  र स्थानीय लघु उद्यमी संघ बलेफीको कोषाध्यपदमा रहेर सामाजिक कामहरु पनि सँगसँगै  अगाडी बढाई रहेको छु ।


तपाईले कति वर्षको उमेरमा यो व्यवासय सुरु गर्नु भयो ?
मैले सिलाई कटाई तालिम लिनु भन्दा पहिले उद्यमसिलता विकास तालिम, लैङ्गिक तथा सामाजिक समावेशीकरण तालिम लघु उद्यम विकास कार्यक्रमबाट १८ वर्ष पुरा भएपछि जिल्ला लघु उद्यमी संघ, सिन्धुपाल्चोकबाट प्राप्त गरे र उद्यमसिलताको तालिमबाट सिलाइ व्यवसाय रोजेर २०७२ सालमा लघु उद्यम विकास कार्यक्रमको सहयोगबाट ३ महिना सिलाइ कटाई साधारण तालिम प्राप्त गरेँ र राष्ट्रिय दलित आयोगको सहयोगमा सीप विकास तालिम केन्द्र,हेटौडाबाट परष्किृत सिलाई तालिम प्राप्त गरेर राष्ट्रिय सीप परिक्षण केन्द्रबाट तह २ उत्तीर्ण गरेर यो व्यवसाय सुरु गरेको हुँ । व्यवसायिक रुपमा पसल संचालन गर्दा म मात्र १८ वर्ष पुगेको थिए ।
व्यवसायको फराकिलो क्षेत्रहरु मध्ये सिलाई सेन्टर नै तपाईँको रोजाई कसरी भयो ?
म समान्य परिवारमा जन्मेको छोरी मान्छे त्यस माथी सामाजिक कुसंस्कार र संस्कृतिको दलित समुदायप्रति समाजको दृष्टिकोणले दोहोरो समस्यामा थिए । एक महिला अर्को दलित । त्यसैले मलाई दुवै समस्याका कारण पनि घरैमा बसेर कुनै राम्रो र उदाहरणीय काम गर्न चाहन्थे, त्यसै कारण म अध्ययन सँग सँगै पेशा पनिगर्न सुरु गरे ।
तपाईँले शैक्षिक योग्यता कति हासिल गर्नु भएको छ ?
मैले शैक्षिक योग्यता कक्षा १२ सम्मपास गरेको छु ।
व्यवसायिक जिवनबारे आफुलाई के भन्नु हुन्छ?
सानै उमेरबाट पसल संचालन गर्ने सन्र्दभमा मेरो के अनुभव छ भने पहिले त ग्राहकहरुलाई विश्वास दिलाउन अति नै मेहनत गर्नु पर्नेछ । उद्यम व्यवसाय र पेशामा सफलता लिनलाई परिवारको साथ सहयोग तथा मायाको जरुरी पर्दछ । मलाई मेरो परिवारले पु¥याएको योगदानको मुल्य आज म छोटो समयमा नै एकता लघु उद्यमी समुहको सचिव, मातृशिशु बचत तथा ऋण सहकारी, आर्दश बचत तथा ऋण सहकारी संस्थाको सियर सदस्य र स्थानीय लघु उद्यमी संघ बलेफी गाउँपालिको कोषाध्यक्ष पदमा रहेर सामाजिक कामहरु गर्दै अरुलाई पनि स्थानीयउ त्पादनहरुलाई बिक्री योग्य बनाइ आम्दानी बढाउँदै परिवारको सुरक्षा गर्न र रोजगारीको ग्यारेन्टि गर्न अनुरोध गर्दछु । म अहिले यो अवस्था सम्म आइपुग्दा आफुलाई सिलाई व्यवसायको प्रशिक्षकको रुपमा काम गरि रहदाँ खुसी छु । साथै अन्यलाई समेत रोजजारीको व्यवस्था गर्न सफल भएको छु ।
स्थानीय सरकार गाउँपालिकालाई  व्यवसाय प्रर्वद्र्धनको लागि के भन्न चाहनु हुन्छ?
हाम्रो बलेफीगाउँपालिकाले उद्यमीको क्षेत्रमा प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै स्थानीय लघु उद्यमी संघको सहजिकरणमा उद्यमहरुको स्तर उन्नति र नयाँ उद्यमी सिर्जनाको लागि लगानी गरिरहेको छ । आगामी दिनमा योजनाको साथ औद्योगिक क्षेत्र निर्माणको लागि काम गर्न र युवा शैक्षिक बेरोजगार संख्या घटाउन एक घर एक उद्यम नाराको साथ समृद्ध गाउँपालिका निर्माण लाग्न अनुरोध गर्दछु ।
शैक्षिक योग्यता हासिल गरेका र नोकरी प्राप्तगर्न नसकेका र कुनै काम गर्न नसकेको बेरोजगार युवाहरुलाई कस्तो सन्देश दिन चाहानु हुन्छ?
सर्वप्रथम म के भन्न चाहन्छु भन्दा स्रोत नै स्रोतले सम्पन्न हाम्रो देश नेपाल कुनै पनि कुराले कमी छ भन्ने मलाई लाग्दैन तर कमजोर कहाँ हो भने पहिचान र परिचालन गर्ने सीपको अभाव हो । म युवा साथीहरुलाई के भन्न चाहन्छु भन्ने आफ्नो गाउँघरमा के सम्भावना छ, कति जनालाई रोजगार दिन सकिन्छ, त्यसको खोज, अध्ययन र अनुसन्धमा लाग्नु  अनि योजनाको साथ रकमहरुको संकलनतर्फ म कति लगानी गर्दछु, गाउँ तथा नगरपालिकाले कति रकम दिन सक्छ र कुनकुन संघ संस्था सँग समन्वय सहकार्यमा रोजगारी सिर्जना गर्न सकिन्छ भन्न चाहन्छु ।
अन्त्यमा मैले सोध्न छुटाएको अनि तपाईँलाई भन्न मन लागेको कुनै कुरा छ भने बताउनुहोस्।
खासै मेरो भन्नु केहि त छैन तर पनि सम्पूर्ण गाउँपालिका र नगरपालिकाले आफ्नो क्षेत्रलाई पहिचान दिन कुन वस्तु उत्पादन गरि प्रवद्र्धन गर्ने हो, त्यसको काम थालनी गर्न प्रतिस्पर्धा गर्नु हुन र युवालाई स्थानीय स्तरमा नै रोगजारीको ग्यारेन्टी गराउन सके आफूलाई निरन्तर जनताले पद, कुर्सीमा विजय गराउँछन् भन्दै लोकप्रिय नेत्रज्योति समुहलाई यो अन्तरवार्ता प्रकाशनको लागि विशेष धन्यवाद दिदै थप प्रगतिको कामना गर्दछु ।

, ,