सेवकद्वारा खानेपानीको सुविधा

नेत्र बहादुर बस्नेत
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ का नागरिकहरुले सेवक नेपालले गरेको सहयोगका कारण आफुहरुलाई  खानेपानीको समस्या समाधान भएको बताएका छन् । चौतारा साँगाचोकगढी डडुवामा खानेपानीको समस्या भइरहने गाँउ हो । २०७२ को भुकम्प पछी त्यस गाँउमा भएको मुल पनि सुक्न थाले पछी चिन्तामा पुगेका स्थानीयलाई सेवक नेपाल ले गरेको सहयोगका कारण खानेपानी सहज भएको स्थानीय उपभोक्ता समेत रहनु भएका समाज सेवी तुलाराम सुनुवारले बताउनु भयो । गोल्मा देबी खानेपानी उपभोक्ता समितिका सचिव बलराम बस्नेतले सेवक नेपालको सहयोग बाट खानेपानी मर्मत हुनुका साथै आवश्यक अनुसार नँया धाराको समेत व्यवस्था गरेको र स्थानीयहरुलाई खानेपानीको समस्या समधान गर्न सहयोग गरेकोले यस्ता सहयोगी संस्थाहरुलाई स्थायी रुपले काम गर्न स्थाानीयहरुले पनि सहयोग गर्न पर्ने बताउनु भयो । वडा नं १४ कै सेतीदेवी खानेपानी उपभोक्ता समितीका अध्यक्ष राम बहादुर सार्कीले माथिल्लो क्षेत्रमा भएको खानेपानीको समस्या समधान गरेकोमा आफुहरुलाई खुशी लागेको बताउनु भयो । सेवक नेपालको सहयोगमा गोल्मा देबी खानेपानी, सेती देबी खानेपानी, रानीटार झुलेटार खानेपानी लगायतका स्थानहरुमा ३२ वटा धारा मर्मत तथा तिनवटा नँया धारा समेत जडान गरि उपभोक्तालाई हस्तानान्तरण गरेको छ । मुहानमा रहेको इन्टेक समेत मर्मत सम्भार गरि स्थानीयलाई खानेपानीको सुविधा भएको खानेपानी उपभोक्ता इन्द्र बहादुर पुरीले बताउँनु भयो । आफ्नो घर उचाइमा रहेको र खानेपानीको ठुलो समस्या भोगरिहेको अवस्स्थामा खानेपानी आफ्नै आँगनमा आए पछी आफुलाई स्वर्ग जस्तै लागेको अर्का उपभोक्ता रेशम बहादुर आले मगरले बताउनु भयो । खानेपानीको सुविधा भए पछी आफुहरुलाई काममा धेरै राहत मिलेको रेशम बहादुर सार्कीको भनाइ रहेको छ। खानेपानीको समस्यामा परेको उक्त गाँउमा यसरी खानेपानीको व्यवस्था भए पछी सबैलाई खुशी बनाएको छ ।

,