विश्वविद्यालयद्धारा १०१८३ दिक्षीत

लोकप्रिय समाचार
लोकप्रिय समाचार दैनिकका सम्पादक सन्तोषी बस्नेत त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोहबाट दिक्षीत हुनु भएको छ ।

बंगलादेश ढाका विश्वविद्यालयका उपकुलपति प्रा.डा. मोहम्मद अख्तरुज्जमान प्रमुख आतिथ्यता र सहकुलपति तथा शिक्षामन्त्री गिरीराजमणी पोखरेलको बिशेष अतिथ्यतामा पौष ०३ गते भएको समारोहमा  दिक्षीत हुनु भएको हो ।
समारोहलाई सम्बोधन गर्दै सहकुलपति तथा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले शिक्षालाई समृद्धिको एउटा पूर्वाधारका रुपमा अगाडी बढाउन पहल भइरहेको बताउनुभयो ।
पुल्चोक क्याम्पसमा एक समारोहका बिच भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् ।
यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, ईञ्जिनियरिङ्गमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सा तर्फ ८६४ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।
त्यसैगरि कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन् ।
यस्तै विद्यावारिधि (पीएचडी.) मा ८५ र एमफीलमा ४० जना दीक्षित भएका छन् । त्रिविले विभिन्न संकायमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पदक समेत प्रदान गरेको छ ।

यो वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र फाराम भरेका थिए । त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन् ।

,