सिन्धुपाल्चोक जिल्लाका १६ प्रतिशत भूकम्प पिडीत अझै टहरोमा

रुपक पुरी
लोकप्रिय समाचार
भूकम्प गएको चार वर्ष बितिसक्दा पनि सिन्धुपाल्चोकका १६ प्रतिशत घरधुरी भने अझै टहरोमै बसिरहेका छन् ।
२०७२ साल वैशाख १२ र २९ को भूकम्पले सवैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा ८४ प्रतिशतले मात्रै  निजी आवास पुर्ननिर्माण सम्पन्न गरेर नयाँ घरमा बस्न थालेका छन् । प्राधिकरणको सूचिमा समावेश गरेका ८८ हजार आठ सय ७७ लाभग्राहीमध्ये ७४ हजार छ सय १८ जनाले पुर्ननिर्माण प्राधिकरणले तोकेको मापदण्ड पूरा गरि निजी आवास बनाएका छन् । उनीहरूले घर निर्माण सम्पन्न गरि तेस्रो किस्ता लिईसकेको प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका निमित्त प्रमुख लक्ष्मण कुमार सेठले बताउनुभयो ।

,