न्यायमा पहुँच नपुगेकालाई पहुँचमा तालिमको आवश्यकः वंशलाल तामाङ

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा न्यायिक समिति र प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकको संयुक्त आयोजनामा मेलमिलापकर्ताहरुलाई ३ दिने क्षमता अभिवृद्धि तालिम संचालन भएको छ । पौष १० देखि सञ्चालन भएको उक्त तालिममा गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको प्रमुख आतिथ्यतामा सञ्चालन भएको हो ।



जनताको नजिकको सरकार स्थानीय सरकारको तिन अधिकार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार मध्ये न्यायिक अधिकार अबलम्बन गर्न इन्द्रावती गाउँपालिकाले स्थानिय वडा वडामा मेलमिलाप केन्द्र स्थापना गरी मेलमिलापको माध्ययमबाट विवाद समाधान गर्ने र न्यायमा पहँुच नपुगेकालाई वडा स्तरमानै न्याय दिने लक्ष्य अनुरुप गाउँपालिका भित्र रहेका ४८ जना मेलमिलापकर्ताको क्षमता अभिवृद्दि गरी मेलमिलापबाट दुवै पक्षलाई जित जितको अनुभुति स्थापित गर्न तालिम संचालन गरिरहेको छ । तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वंशलाल तामाङले आफ्नो भनाई राख्दै संविधानले तिन तहको सरकार निर्माण गरी जनताको सबैभन्दा नजिकको सरकार स्थानिय सरकालाई अरु अधिकार सगै न्यायिक अधिकार पनि प्राप्त भएको छ सो को प्रयोग गर्न अलमल भईरहेको अवस्थामा मेलमिलापकर्ताको  दक्षता अभिवृद्धि गरी तल्लो तहमा न्यायमा पहँच नपुगेका लाई न्यायिक पहँच पुर्याउन तालिम आयोजना गरिएको बताउनु भयो  ।
गाउँपालिका  उपाध्यक्ष एवंम न्यायिक समिति संयोजक मिरा अधिकारी लामाले संविधानको धारा २१७ बमोजिम स्थानिय तहमा न्यायिक समिति गठन भई स्थानिय सरकार संचालन ऐन २०७४ को धारा ४७ अधिकार क्षेत्र भित्रका विवाद समाधान गर्दा गत वर्ष देखी नै प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडा बाट नै समाजमा रहेका विवाद समाधान गर्ने उद्देश्यले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडा बाट नै दुवै पक्षलाई जित जितको अनुभूति गराउने किसिमबाट न्याय सम्पादन गरिरहेको र मेलमिलापकर्ताको थप क्षमता अभिवृद्दि गर्ने र  मेलमिलाप केन्द्रलाई व्यवस्थित गरी वडा तहबाट विवाद समाधान गर्ने र न्यायमा पहँुच स्थापित नभएकालाई वडा वडामा पहँुच पु¥याउने बताउनु भयो  ।
प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपालका सिन्धुपाल्चोक जिल्लाका जिल्ला कार्यक्रम संयोजक ठाकुर राम चौलागाईँले २०७२ सालमा सविधान जारि गरि स्थानीय तहलाई विवाद समाधानको न्यायिक निकायको रुपमा स्वीकार गरिएको र मेलमिलापलाई विवाद समाधानको महत्वपुर्ण पद्धतिको रुपमा आत्मसात गरेको छ । साथै सबिधानमा आधारित रहेर स्थानीय सरकार सञ्चालन ऐन २०७४  ले वडा तह सम्म स्थानिय बासिन्दाले वडामा रहेको मेलमिलाप केन्द्रबाट सेवा प्रयोग गर्ने अवसर प्राप्त गरेको छ ।
यस्ता किसिमका अधिकारलाई एकरुपता कायम गर्ने मेलमिलाप ऐन २०६८ र नियमावाली २०७० बमोजिम मेलमिलाप परिषदबाट स्वीकृत पाठ्यक्रममा आधारित रहेर ४८ घण्टाको तालिम लिई कार्य गरिरहेका मेलमिलापकर्तालाई थप तालिम प्रदान गरी सर्वसाधारण जनतालाई वडा तहमा नै दुवै पक्षलाई जित जितको महसुस गराई न्यायमा सहज पहँच स्थापना गर्ने संस्थाको लक्ष्य रहेकोे बताउनु  भयो । क्षमता  अीभबृद्धी तालिम शुरुवातको न्य कार्यक्रमको संचालन न्यायिक समिति सदस्य रविन्द्र खातीले गर्नुभएको थियो भने कार्यक्रममा गाउपालिका प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेल, द एसिया फाउन्डेशन प्रतिनिधि उद्दव अधिकारी र वडा अध्यक्ष समेतको उपस्थितीमा सम्पन्न गरिएको थियो ।

,