दिगो विकास लक्ष्य अपाङ्गमैत्री भविष्य नाराका साथ २८औँ अपाङ्ग दिवस सम्पन्न

लोकप्रिय समाचार
राष्ट्रिय अपाङ्ग महासंघ सिन्धुपाल्चोकको आयोजनामा २८आँै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्य रुपमा सम्पन्न भएको छ । सो दिवस “दिगो विकास लक्ष्य–अपाङ्गता मैत्री भविष्य” भन्ने मूल नाराका साथ सम्पन्न भएको छ । मंगलबार चौतारा टुँडिखेलबाट निस्किएको अपाङ्गता अधिकार सम्न्धी ब्यानर सहितको ¥यालिले चौतारा बजार परिक्रमा गरी समारोहमा परिणत भएको थियो ।


अपाङ्गता भएका व्यक्तिहरु, तत सवालमा काम गर्ने गैह्र सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु लगायतका व्यक्तिहरुको सहभागीतामा भएको ¥यालि पछीको सभामा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङको प्रमुख आतिथ्यता रहेको थियो । सभामा नगरपालिकाका १४ मध्ये ९ जना वडाध्यक्षहरुको उपस्थिती रहेको थियो । जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरु अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता थियो। भेलामा अपाङ्गता भएका व्यक्तिहरुले हाल भोग्दै आएका समस्याहरुको बारेमा जनप्रतिनिधीहरुलाई प्रश्न गरेका थिए भने अतिथी तथा जनप्रतिनिधीहरुले पनि अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका पक्षमा मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी, अमानसिंह तामाङले शारीरिक अपाङ्गता भएका मानिसहरुको पनि क्षमता उच्च हुन्, हातखुट्टा नहुनु, लुतोलङ्गडो हुनु मात्रै अपाङ्ग नभएर शैक्षिक  र बौद्धिकता कमी भएका व्यक्तिहरु पनि अपाङ्गता हुन् भन्ने आफूलाई लागेको बताउँदै उहाँले सबै खाले अपाङ्गता  भएकका व्यक्तिहरु संगठित भएर लाग्न आग्रह र्गाुभयो । उहाँलेअपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने वचन व्यक्त गर्नुभयो ।

अपाङ्गता परिचयपत्र वितरणका काममा नीतिगत केहि अप्ठेरो परेकोले हामी सोच्न बाध्य भएका छौँ , हामी तत्काल नीतिगत अप्ठेरो फुकाएर गाउँमै गएर तपाईँहरुको समस्या हल गर्ने पक्षमा लागेका छौँ । तपाईँहरु ढुक्क हुनुहोस् उहाँले भन्नु भयो । कार्यक्रममा नेकपाका जिल्ला नेता श्याम सुन्दर श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुका संस्थाहरु फुटेर हैन, जुटेर लाग्दा अधिकार पाइने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा एच.आइ र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालन गरेको समावेशी शिक्षा, समावेशि जीविकोपार्जन, स्वास्थ्य तथा पुर्नस्थापना र समावेशी विपद् व्यवस्थापन अन्तरगत भएको कामको बारेमा कार्यक्रम संयोजक हरिप्रसाद तिमल्सिनाले जानकारी गराउनुभयो । त्यसैगरी द ल्याप्रोसि मिसन नेपालको सहयोगमा सिन्धु मानव अपाङ्ग सामुदायिक संस्था मार्फत् जिल्लाका ७ जना अपाङ्गता भएका बालबालिकाहरुका लागि छात्रवृत्तिको चेक मेयर अमानसिं तमाङबाट हस्तान्तरण भएको थियो ।
नगरपालिकामा अपाङ्गताको सवालमा लामो समय देखि काम गर्दै आएका १० जना अगुवाहरुको सम्मान समेत गरिएको थियो । कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ सिन्धुपाल्चोकका अध्यक्ष दिपक अर्यालको अध्यक्षता र सदस्य लुमडी पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

,