चौसाँगढीमा दौडको उपाधि गणेशलाई
लोकप्रिय समाचार
निर्धारित १८ किलोमिटर दुरी एक घण्टा ७ मिनेट ५५ सेकेन्डमा पार गर्दै चौतारा साँगाचोकगढी प्रथम खुल्ला दौड प्रतियोगिताको उपाधी ईन्द्रावती गाउँपालिकाका गणेशसिंह ठकुरीले हात पार्नुभएको छ ।
१ घण्टा ८ मिनेट २८ सेकेन्डमा पार गर्दै सिन्धुलीका तस्बिर लामा दोस्रो हुनुभयो भने पाँचथरका भुमि राज राई १ घण्टा ९ मिनेट २९ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थानमा चित्त बुझाउनुभयो । नगर उत्कृष्ट भने १ घण्टा १९ मिनेटमा पार गर्दै चौतारा साँगाचोकगढी नगरपालिका ८ ईर्खुका उज्जल श्रेष्ठ बन्नुभयो ।