आगलागीबाट चौतारा कारागारमा क्षती

लोकप्रिय समाचार
सिन्धुपाल्चोक सदरमुकाम चौतारामा रहेको जिल्ला कारागारमा २०७६ मंसिर २२ गते दिउँसो ०४ः५०को समयमा कार्यालयका प्रमुखको निवास सहित कारागारको ३ कोठे अफिसमा विद्युत सर्ट भई अचानक आगलागी भएको छ ।

घटना भएकोजानकारी प्राप्त हुनासाथ प्रहरी अधिकृत समेतको टोली तत्काल आगलागी स्थलमा पुगी ०५ः१५को समयमा पूर्ण रुपमा आगो नियन्त्रण लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनु भयो । उहाँले उक्त आगलागीबाट मानवीय क्षति नभएको, कारागार अफिस लगायत अफिसमा रहेका सम्पुर्ण समानहरु पुर्ण रुपमा क्षतिग्रस्त भएको, आगलागीबाट अनुमानित १५ लाख मुल्य बराबरको क्षती भएको समेत जानकारी दिनु भएको हो ।

,