ब्यबसाय उद्यमीले कहील्यै हार खानु हुदैनः परिमाँया तामाङ्ग


सिन्धुपाल्चोक जिल्लाबाह्रविसे नगरपालिकावडा नं. ८ मानेश्वारामामिति २०४९ सालभाद्र २१ गते  पीता  आइमान तामाङ्ग     माता जेठीमाँया तामाङ्गको माइली   छोरीको रुपमा जन्मनु भएकास्थानीय स्तरमा नै श्रम,सीप र कर्मले रोजगार गर्न  सकिन्छ, समृद्धि समाजनिर्माणको  मुलआधार नै लघु उद्यमहो भन्ने सफलव्यवसायहरुले देखाएको पाइन्छ ।
परिमायातामाङको सिलाई कटाई व्यवसायले छोटो समयमा पाएको सफलताबारे हाम्रो सहकर्मी लोकप्रिय बिक्रम सुन्दास वीचगरिएका कुराकानीको शारंस.
नमस्कार
 १. तपाईको परिचयदिनुहोस् ?
नमस्कार म सामाजिकउद्यमीपरिमायातामाङ, मैलेअन्जना टेलरिङ एण्ड टे«र्निङ सेन्टर व्यवसाय संचालन गरेको छु । यो व्यवसायबाह्रविसे नगरपालिकावडा नं. ९ बाह्रविसेमा संचालन गरेको छु ।
२. तपाईलाई यो व्यवसाय  कसरी सुरु गर्नु भयो ?
म विवाह गरेर घरमै १ छोरा र १छोरीलाई स्याहार सुस्याहार गर्दै विद्यालयपठनपाठनगरि रहेको थिए र मेरो श्रीमान गरीवी र वेरोजगारको कारण बैदेशी रोजगार पुग्नु भएको थियो । यसै अवस्थामा२०६९ सालमालघु उद्यमविकास कार्यक्रमको आर्थिक तथाप्राविधि सहयोगमा ८ दिनको उद्यमसिलताविकास तालिमर ३ महिनासिलाई कटाई तालिमप्राप्त गररे सानो सिलाई पसल संचालनगर्दै आज सेन्टर संचालनगर्न सफलभएको छ ।
३. उद्यमसिलतातालिममा के के सिक्नपाइन्छ?
उद्यमसिलताको पहिलो सीपभनेको सारांशमाआफु सँग भएको सीप,श्रम र कर्मले सम्पतिमाथपगर्ने उपायसिकाउछ । तर यतिले मात्रसिकेका कुराहरु पुराहुनभने हुदैनन । हामिले ८ दिनमा३वटाविषयको तालिमहरु लिने गरेकाछौ , व्यवसाय सचेततातथा सुरु ३ दिन  ,व्यवसाय सुधार तथाविस्तार ४ दिन र १ दिन लैगिंकतथा सामाजिक समावेशीकरणबारे छलफल,अभ्यास र प्रयोग गरियो । यितालिमहरुमाव्यवसाय संचालनको लागिआधारभुतज्ञानहरु नाफाआर्जन गर्न उपभोँक्ता ,खरिद कर्ताको सन्तुष्टिलाई निरन्तरतातथाउद्यम संचालनमा परिवारको साथतथा सहयोग ,कमलगानीमाबढिनाफाकमाउने सीपहरु सिकेकाछौ ।

४. सिलाई व्यवसाय नै कसरी रोज्नु भयो ?
हामीग्रामिण क्षेत्रमाबसोबास गर्ने कमबढाई लेखाई भएको र लगानीनभएको महिलाहरुलाई घरैमा बसेर सानो लगानीबाट सुरु गर्न सकिने व्यवसायभएकै कारण यो व्यवसाय रोजेको हो ।घरैबसेर बालबच्चाहरुको स्याहार सुस्यार गर्दै घरधन्दामा समेत कामगर्दै व्यवासयगर्न सकिने भएकै कारण यो सिलाई कटाई ब्यवसायगर्न सजिलो पर्दछ ।
५.  हालतपाइको सिलाई सेन्टरबाटग्राहकहरुले के के सेवाहरु लिदै आएकाछन?
अन्जना टेलरिङ एण्ड टे«र्निङ सेन्टर बाट यस बाह्रविसे नगरपालिका र त्रिपुरा गाउँपालिकाको केहि वडाहरुबाटआउने ग्राहकहरु लेडिज र जेन्सका सम्पुर्ण सिलाई सम्बन्धि सेवाहरु प्राप्तगर्नुभएको छ र हामिले स्कुल ,अफिसकायुनिफमहरु पनितयार गर्नुको साथै जाकेट,ट्याकसुट,टाउजर मागअनुसार तयार गरिन्छ । यहाँसिलाई कटाइ सम्बन्धिप्रशिक्षणगरिन्छ ।
६. तपाइको व्यवसायबाटमासिकआम्दानीकतिहुन्छ?
यो व्यवासयमाहाल मेरो श्रीमानको समेत सहभागिता रहेको छ र हामिले ४ जनाकामदार समेत राखेकाछौ सबै खर्च कटाएर मासिक रु १५ देखि २० हजार सम्मनाफाहुन्छ ।
७.बेरोजगार युवाहरुलाई के सन्देश दिनु हुन्छ?
म बह्रविसे नगरपालिकाको स्थानीयलघु उद्यमी संघको सचिव र सिलाई कटाई व्यवसाय संचालकको हैसियतले के भन्नचाहान्छु भने आपनो ठाउँमाउपलब्ध स्रोतहरुलाई कच्चापदार्थको रुपमालिइएर उत्पादनमुलकतथा सेवामुलक रचनात्मककार्यको थालनीगर्न अनुरोध गर्दछु । विशेष गरि युवा पुस्तालाई म के अनुरोध गर्दछु भने आफ्नै ठाउँमा स्थानीय स्रोत,साधन र बजारको मागमाआधारित उद्यमव्यवसायको छनौट गरि स्थानीय सरकार सँगको समन्वय र गैर सरकारी संघ संस्थाहरुको साझेदारीमा रोजगारीको सिर्जनागर्दै भविश्यको सुरक्षितगर्नुहुन र परिवारको जीविकोपार्जनमा सुधार गरि समउन्नत समाजको स्थापनाको लागिहार्दिक आग्रहगर्दछु ।
८. आफ्नो व्यवसायबारे के भन्नु हुन्छ?
मैले २०७९ सालबाट सुरु गरेको व्यवसाय सानो सिलाई पसलबाटनियमित संचालनको कारणआजसिलाई सेन्टर सम्मपुग्नविभिन्न समस्या ,बाधा संगैको जिदै र समाधनले आज सफलभएको छु । व्यवसायिउद्यमीहरुलाई हार नखान अनुरोधगर्दछु र सिलाइ सम्बन्धिकुनै पनिकामगर्नु परेमाअन्जनाटेलरिङ एण्ड टे«र्निङ सेन्टरलाई सम्झनुहोस हामितपाईको रहर पुरा गर्नेछौ ।

९ , अन्तमा केही छ की 
 मेरो भन्नु खास  के छ भने हरेक उद्यमीले सानो तिनो समसया आउँदेमा उद्योग छोड्न नहुने बर एक पटक असफल भइयो भने अर्काे पटक बढी सफलता हुन्छ भन्ने ठानेर पेशालाइ निरन्तरता दिन आग्रह गर्दै अन्तमा मेरो भनाइलाइ लोकप्रिय समाचारले प्राथमिकता दिएकोमा लोकप्रियसमाचारलाइ हार्दीक  धन्यबाद दिन चाहान्छु । 

, , , , , , ,