पाँच दिने सहकारीको लेखा व्यवस्थापन तथा योजना निर्माण तालिम मेलम्चीमा सुरु

लोकप्रिय समाचार
मेलम्चीमा पौष ०७ गतेबाट सहकारीको लेखा व्यवस्थापन तथा व्यावसायिक योजना निमार्ण सम्बन्धि तालिमको सुरुवात भएको छ ।

जापनिज रेडक्रस सोसाइटीको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाद्धारा सञ्चालन गर्दै आएको भुकम्प पुर्नलाभ कार्यक्रम अन्तरगत पाँचपोखरी थाङपाल गाउँपालिकाको थाङपालकोट र थाङपालधापका ३ वटा सहकारीलाई तालिम प्रदान गरिएको हो।
सहकारीको कामलाई व्यवस्थित गर्ने उद्देश्यले तालिममा सहकारीको लेखा कसरी राख्ने र त्यसको महत्व के छ ?
सहकारी संस्थाले कर्जा विश्लेषण गर्ने सम्बन्धमा, सहकारीमा करको व्यवस्थापन र करको भुक्तानी तथा व्यवसायिक योजना, योजनाको महत्व, सहकारीको क्षमता विश्लेषण तथा व्यवसायिक योजना निमार्ण कार्य लगायतको विषयमा तालिममा छलफल गरिने छ ।
तालिमको सहजीकरण सहकारी संघ ललितपुरको लेखा समितिको संयोजक अनिल विर बज्रचार्य र पुर्व व्यवस्थापक तेज प्रसाद बजगाईले गर्नुभएको थियो ।
तालिममा थाङपालकोट कृषि सहकारी, मानेश्वारा महिला सहकारी, पशुपति बचत तथा ऋण सहकारी बाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समितिको संयोजक र कर्मचारीहरु र नेपाल रेडक्रस सोसाइटी थाङपालधाप उपशाखाको प्रतिनिधीहरुको सहभागीता रहेको छ । यो तालिम पौष ११ गते सम्म मेलम्चीमा सञ्चालन हुनेछ ।

, ,