लोकप्रिय समाचार
नेपाली काँग्रेसले उखु किसानहरुको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। नेपाली काँगे्रसका प्रमुख सचेतक बालकृष्ण खाडले एक विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण भएको जनाउनु भएको छ । जारी विज्ञप्तिमा भनिएको छ, किसानले आफ्नो उखु विक्री गरे वापत रकम भुक्तानी नपाएको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ । चिनी उद्योगबाट लामो सयमसम्म रकम भुक्तानी नपाउँदा गरिब किसान र श्रमिक मर्कामा परेका छन् । समयमै रकम भुक्तानी नपाउनुले किसान माथि अन्याय भएको छ । यस विषय प्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी छ । उखु विक्री वापत पुराना तथा नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगी बीच सहमति भएता पनि हालसम्म कार्यान्वयन नहुनु अत्यन्त दुःखद पक्ष हो । उखु किसानले आफ्नो उत्पादन विक्रीको भुक्तानीका लागि काठमाडौंसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सृजना भएको छ । उक्त आन्दोलनमा उठाइएका मागप्रति नेपाली कांग्रेस संसदीय दलको पूर्ण समर्थन रहेको छ । लामो समयदेखि ध्यानाकर्षण गराउँदा पनि उक्त विषयमा सरकार उदासिन हुनु, लज्जास्पद विषय हो । अतः आन्दोलनमा रहेको किसानका मागहरुलाई तत्काल सम्बोधनका लागि सरकारले विशेष पहल गर्न तथा आवश्यक प्रकृया अगाडि बढाउनका लागि नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । विज्ञप्तिमा जनाइएको छ ।
नेपाली काँग्रेसद्वारा उखुको भुक्तानी दिन माग
[email protected] Powered by Blogger.
