सागमा स्वर्ण जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान

लोकप्रिय समाचार
१९ औँ दक्षिण एसियाली खेल सागमा स्वर्ण पदक विजेता सिन्धुपाल्चोक निवासी खेलाडीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतले नगद पुरस्कारले सम्मान गर्नुभएको छ ।
काठमाडौंमा कार्यक्रमको आयोजना गरी बस्नेतले गृहजिल्लाबाट साफ गेममा करातेतर्फ स्वर्ण पदक हासिल गर्ने नवीन रसाइली र सुनिता महर्जनलाई जनही २५ हजारका दरले नगद प्रदान गर्नुभएको छ । बस्नेतले करातेकि संवरण पदक विजेता कुसुम खड्का र ताईक्वान्डोकी स्वर्ण पदक विजेता काजल श्रेष्ठलाई सिन्धुपाल्चोकमै कार्यक्रम गरि प्रतिब्यक्ति ५० हजार दिने घोषणा समेत गर्नुभएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन लगायत खेलाडी  र प्रशिक्षकहरूको सहभागीता रहेको थियोे   ।

, ,