इलाका प्रहरी कार्यालय खनियावास गापा दार्खाको नयाँ भवन समुद्धाटन

लोकप्रिय समाचार
धादिङ जिल्ला खनियावास गाउँपालिका अन्तर्गत वडा नं.४ मा निर्माण सम्पन्न इलाका प्रहरी कार्यालय दार्खाको नयाँ भवनको समद्धाटन भएको छ । उक्त कार्यक्रम ३ नम्वर प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख श्रीमान् प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन सम्पन्न भएको छ ।


भवन समुद्घाटन समारोहमा खनियावास गाउँपालिकाका प्रमुख रण बहादुर तामाङ, उपप्रमुख योमाया तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, जिल्ला न्यायाधिवक्ता बालकृष्ण वाग्ले, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवार, राष्ट्रिय अनुसन्धान विभाग धादिङका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा, खनियावास गा.पा.का वडा अध्यक्षहरु,राजनैतिक दलका प्रतिनिधीहरु, पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुली लगायतको सहभागीता रहेको थियो । 
राष्ट्रिय पुनः निर्माण प्राधिकरणको २,३८,०२,८४३।– (दुई करोड अठतिस लाख दुई हजार आठ सय त्रिचालिस रुपैयाँ) लागतमा इलाका प्रहरी कार्यालय दार्खाको नयाँ भवन निर्माण सम्पन्न भएको हो ।
उक्त भवन निर्माण गर्नको लागि सिरुवा कन्ट्रक्सन कम्पनीले निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । साढे २ तले नयाँ भवनमा साना ठुला १६ वटा कोठाहरु रहेका छन् । भवनमा महिला प्रहरीको लागि छुट्टै ब्यारेक कोठाको व्यवस्था, भित्रै शोचालय सहितको महिला पुरुषको छुट्टाछुट्टै हिरासत कक्ष समेत रहेको छ । भवन समुद्घाटनको अवसरमा नयाँ भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई प्रमुख अतिथिज्यूबाट प्रशंसा पत्रद्वारा सम्मानित पनि गरिएको थियो ।
नयाँ भवनको समुद्घाटन पश्चात् ३ नम्वर प्रदेश प्रहरी कार्यालय हेटाँैडाका प्रमुख प्र.ना.म.नि. शेर बहादुर बस्नेतज्यूले नयाँ भवन निर्माण पश्चात नेपाल प्रहरीले दिने सेवा प्रवाहमा चुस्तता आइ शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणमा समेत सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको थियो । विनाशकारी भुकम्प पछि अत्यन्तै कष्टका साथ प्रहरीहरु टेन्ट र टहरामा बसेर सुरक्षा प्रदान गर्दै आइरहेको अवस्थामा नयाँ भवन उद्घारटन भएसंगै शान्ति सुरक्षाको सेवा प्रवाहमा धेरै सजिलो हुने भनि जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनु भएको थियो ।