मादक पदार्थ सेवन गरी एम्बुलेन्सलाई ठक्कर दिने ट्रक चालक पक्राउ

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय धादिङले मादक पदार्थ सेवन गरी एम्बुलेन्सलाई ठक्कर दिने ट्रक चालक पक्राउ गरको छ । २०७६ पौष १२ गतेबेलुकी ७ः०० बजेको समयमा धादिङ जिल्ला नीलकण्ठ न.पा.वडा नं. ३ कमेरेडाँडा सडकमा मादक पदार्थ सेवन गरी ना. ६ ख ५८७७ नं. को ट्रकले बा. १४ च ७७११ नं. को एम्बुलेन्सलाई ठक्कर दिई दुर्घटना गराएको र दुर्घटना पछी निज ट्रक चालक जिल्ला मकवानपुर साविक दामन गा.वि.स. वडा नं. ७ हाल थाहा न.पा. वडा नं. ४ बस्ने वर्ष ५१ को प्रेम लामाले हुलहुज्जत गरी सडकमा सवारी अवरोध गरी एम्बुलेन्स चालकलाई अभद्र व्यवहार गरेको हुँदा ट्रक चालकलाई प्रहरीद्वारा पक्राउ गरको हो । जिल्ला प्रशासन कार्यालय धादिङबाट २०७६ पौष १२ गतेबाट लागु हुने गरी दिन १० म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता र सूचना अधिकारी प्र.ना.उ.रुपक खड्का ले जानकारी दिनुभयो ।


,