सुनकोशी दुर्घटनामा परेकी बालिका परिवारलाई जिम्मा


लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सुनकोशी दुर्घटनामा परेर बाँच्न सफल बालिका परिवारलाई जिम्मा लगाएको छ । २०७६ मंसिर २९ गते बिहान ०८ ः १५ बजेको समयमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ७ स्वारा भन्ने स्थानको लामोसाँघु जिरी सडक खण्ड स्थित ६ किलोमा दोलखा जिल्लामा रहेको कालिन्चोक भगवतीको दर्शन गरी काठमाण्डाँै तर्फ फर्कदै गरेको बा ४ ख ४४६८ नं.को यात्रुबाहक बस घुम्ती सडक छेउ भिर पहिरोबाट ७० मिटर तल घुम्ती मोड भई आएको सोही सडकमा खसी दुर्घटना हुँदा १६ जना यात्रुहरुको मृत्यु भएको थियो ।
बसमा सवार अन्य यात्रुहरु घाईते भएको घटना सम्बन्धमा उक्त दुर्घटनामा परी घाईते भएका यात्रुहरुलाई उद्धार गरी प्राथमिक उपचारको लागी सिन्धु सदावाहर अस्पतालमा पठाईएकोमा अन्य घाईतेहरुको सोही अस्पतालमा सनाखत भई थप उपचारको लागी सुविधा सम्पन्न अन्य अस्पतालमा पठाईएको र १ जना ४÷५ महिनाको बोल्न नसक्ने बालिकाको सनाखत हुन नसकेको तथा निज बालिकाको शरीरमा कही कतै चोट पटक समेत नलागी सकुशल रहेको हुँदा निज बोल्न नसक्ने ४÷५ महिनाकी बालिकालाई सिन्धु सदावहार अस्पताल सिन्धुपाल्चोकको संरक्षणमा राखिएकोमा निज बालिकाको बाबु बा ४ ख ४४६८ नं.को बसका चालक जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गा.पा. वडा नं. १० बस्ने सुमन तामाङ भन्ने चिप बहादुर तामाङ र आमा सुनिता तामाङ हुन भनी बुझिन आएको थियो ।
बालिकाको आमा सुनिता तामाङको उक्त सवारी दुर्घटना परी घटनास्थलमा नै मृत्यु भएको र बाबु सुमन तामाङ भन्ने चिप बहादुर तामाङ अनुसन्धानको क्रममा यस कार्यालयको हिरासतमा रहेकोले निज बालिकाको पालन पोषण लगायतका सम्पुर्ण जम्मेवारी समेत आफैले गर्ने गरी निजको बालिकाको मामा जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. १४ बस्ने वर्ष ४१ को माईते सिं लोले स्थानीय तहका जनप्रतिनिधी  तथा आफन्तहरुको रोहवरमा सकुशल जिम्मा बुझि लानु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनु भयो ।
     


, ,