जिप्रका सिन्धुपाल्चोकद्वारा फरार तथा विभिन्न आरोपित व्यक्ति पक्राउ

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विभिन्न आरोपमा रहेका र फरार विभिन्न प्रतिवादीहरुहरु पक्राउ गरी अदालतमा पेस गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला अदालत चौताराको २०७४ चैत्र १२ गतेको फैसला अनुसार १ वर्ष कैद र १०,०००।०० जरीवाना भएकी बहु विवाह मुद्दाको प्रतिवादी जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं.२ कर्थली बस्ने वर्ष २४ की फरार प्रतिवादी सर्मिला बि.क.लाई फैसला कार्यान्वनको सिलशिलामा खटिएको प्रहरी टोलीले मिति २०७६ मंसिर १८ गते पक्राउ गरेको छ । कैद भुक्तान तथा जरिवाना असुलीको लागी मिति २०७६ मंसिर १९ गते सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरी कारागार चलान गरिएको छ । यसैगरी प्रहरीलाई झुटो सूचना दिनेलाई समेत प्रहरीले पक्राउ गरेको छ । घटना अनुसार २०७६ मंसिर १७ गते रातको ७ः०० बजेको समयमा त्रिपुरासुन्दरी गा.पा. वडा नं. ३ धुस्कुन अर्चले गाँउ बस्ने वर्ष २४ को महेश कार्कीले मेरो घरमा चोर आयो भनि गाँउमा हो हल्ला गरी चोरले मेरो हात खुट्टा दुवै बाँधी कुटि मलाई शख्त घाईते बनाई चोर डाँकाहरुले गाँउमा आतंकित पारी रहेका छन् भनी ईलाका प्रहरी कार्यालय बाह्रबिसे, सिन्धुपाल्चोकमा खबर गरेपछि तत्काल प्रहरी अधिकृत सहितको टोली गाँउमा खटीई गई उक्त गाँउ घरका मानिसहरुलाई बुझ्दा सो समयमा कुनै पनि चोर गाँउमा नआएको भन्ने बुझिएकोले निज महेश कार्कीको घरमा प्रहरी टोली गई चोर आएको नआएको सम्बन्धमा निज महेश कार्कीलाई बोलाई सोधपुछ गरी हेर्दा निज महेश कार्कीलाई कुनै पनि चोट लागेको नदेखिएको र निज महेश कार्कीले प्रहरी टोलीलाई घटनाको बारेमा जानकारी गराउनुको सट्टा उल्टै ड्यूटीमा खटीई गएका प्रहरी टोली माथी नै अश्लिल शब्द प्रयोग गरी गाली गलौज गरी प्रहरी टोली माथी अभद्र व्यवहार गरेको हुँदा कार्कीले गाँउमा चोर नआएको अवस्थामा पनि गाँउमा चोर आयो भनि झुठ्ठा अफवाक्त फैलाई गाँउ घरमा आतंक डरत्रास फैलाएको हुदां निज महेश कार्कीलाई पक्राउ गरी अभद्र व्यवहार कसूरमा मुद्दा चलाएको समेत काफ्लेले जानकारी दिनुभयो । यसैगरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले चोरी गर्ने मानिसहरु पक्राउ गरेको छ । हामीलाई प्राप्त समाचार अनुसार २०७६ मंसिर १६ गते राती १०ः३५ बजेको समयमा सि.पा.जि.बलेफी गा.पा.वडा नं.७ खाडिचौर बजार स्थित श्यामकृष्ण श्रेष्ठको किराना पसलको ताल्चा तोडी झ्याल फोडी सिन्धुपाल्चोक साविक पाङग्रेटार गा.वि.स.वडा नं.८हाल सुनकोशी गा.पा.वडा नं.७ बस्ने वर्ष १९ को अर्जुन सेन्चुरी, राजेश नेपाली, कृष्ण सेन्चुरी समेतले पसलमा भएको नगद रु ६०,०००।– विभिन्न किसिमका चुरोट, एनसेलको रिचार्ज कार्ड समेत चोरी गरेको हुँदा उनीहरलई प्रहरीले पक्राउ गरेको छ । चोरी घटनाको सम्बन्धमा निज अर्जुन सेन्चुरी समेतको खोजतलासको क्रममा निज अर्जुन सेन्चुरीलाई सिन्धुपाल्चोक सुनकोशी गा.पा.वडा नं.७ स्वाँरा गाँउमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरीएको र चोरी गरेको सामानहरुको सम्बन्धमा सोधपुछ गर्ने क्रममा चोरी गरेका सामानहरु मध्येका केहि सामानहरु सिन्धुपाल्चोक बलेफी गा.पा.वडा नं.८ लामोसाँघु बजारमा पसल गरी बस्ने बर्ष ६२ को हिरालाल श्रेष्ठलाई बेचेको भनि खुल्न आएको हुदां खानतलासी गर्दा निज हिरालाल श्रेष्ठको पसलबाट चोरी भएका सामानहरु मध्ये चोरीका केही समानहरु भेटीएकाले बरामद गरी निज हिरालाल श्रेष्ठ समेतलाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा मुद्दा चलाएको समेत सूचना अधिकारी काफ्लेले जानकारी दिनु भएको छ । यसैगरी  घाईते मृग सहित मानिस  पक्राउ गरिएको समेत उहाँले जानकारी दिनु भएको छ । उहाँका अनुसार २०७६ मंसिर १६ गते रातको करीब ११ः३० बजेको समयमा तातोपानीबाट काठमाण्डौँतर्फ जादै गरेको चालक तेन्जीन तामाङले चलाएको ना.२ ख.९४८५ नं. को नास्पति बोकेको आईचर भ्यानमा पोथी मृग क्याविनमा राखी काठमाण्डौँतर्फ लगिदै छ भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी चौकी बन्देउ सि.पा. अगाडी चेकपोष्टमा उक्त आईचर भ्यान गाडी रोकी चेक जाँच गर्ने क्रममा उक्त भ्यान गाडीको क्याविनमा घाईते अवस्थामा रहेको पोथी मृगलाई राखी काठमाण्डौँतर्फ लैजाँदै गरेको हुँदा चालक सहित मृगलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त भ्यान चालक तेन्जिन लामालाई पक्राउ गरी, उल्लेखित भ्यान तथा उक्त भ्यानको क्याविनमा राखी लैजान लागेको घाईते पोथी मृग समेतलाई आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय सिन्धुपाल्चोक चौतारामा पठाईएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पछिल्लो समयमा फरार प्रतिवादी तथा समाजमा नकरात्मक सन्देश दिने व्यक्तिहरुलाई पक्राउ गरी कार्वाही गर्ने प्रक्रियालाई तीव्र रुपमा अगाडि बढाएको छ।


,