मेलम्ची नपाका पसलमा म्याद गुज्रिएका खाद्य सामग्री

लोकप्रिय समाचार
मेलम्ची नगरपालिका ७ दुवाचौरका पसलहरूमा अधिकांश खाद्य सामग्री म्याद गुज्रिएको फेला परेका छन् । मेलम्ची नगरपालिकाको अनुगमन समितिले अनुगमन गर्दा यस्ता म्याद गुज्रिएको सामग्री फेला पारेको हो । जिरा, तेल, चियापत्ती, चाउचाउ, जुस, बिस्कुट जस्ता खाद्य पदार्थ म्याद नाघेको भेटिएको उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीका अध्यक्ष शालिकराम अधिकारीले बताउनुभयो। मेलम्ची बजारमा अनुगमन तीव्र पारिएपछि म्याद नाघेका सामग्री गाउँका पसलतिर पठाईएको आशंकाले अरू गाउँका पसलमा पनि छिट्टै अनुगमन गरिने नगरपालिकाका नायब सुब्बा राजेन्द्र दुलालले बताउनुभयो ।

,